प्यूठानभर फैलियो कोरोना :२५८ पुगे संक्रमित

राम बहादुर बिश्वकर्मा
प्यूठान/ जिल्लाका सबै स्थानीय तहमा कोरोना फैलिएको छ। ९ स्थानीय तहमध्ये झिमरुक गाउँपालिकामा सबैभन्दा पछि कोरोना संक्रमण देखिएको हो।

शुक्रवार साझ प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा झिम्रुक गाउँपालिकाका ७ जना,माण्डबी गाउँपालिकाका ३७ जना, र नौवहिनि गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको छ। माण्डबि गाउपालिकामा देखिएका ३७ जना संक्रमित मध्ये दुई जना भने सुरक्षाकर्मी छन। उनिहरु क्वारेन्टाईन बाहिर थिए। स्वास्थ्य कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठले दिएको जानकारी अनुसार जिल्लामा संक्रमितको कुल संख्या २५८ पुगेको छ। सुक्रबार साँझ मात्रै प्यूठानमा थप ४७ जनामा कोरोना भेटिएको हो। जसमा १७ वर्षदेखि ६० वर्ष उमेरसम्मका ४४ पूरुष र ३ जना महिलामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। अब जिल्लामा सबैभन्दा धेरै पयुठान नगरपालिकामा ७६ जना संक्रमित पुगेका छन भने सबैभन्दा थोरै गौमुखि गाउँपालिकाका ३ जना  छन ।

जिल्लामा धेरैजसो भारतबाट आएकामा कोरोना देखिएको हो। प्युठानमा २ जना कोरोना संक्रमित  निको भएर घर फर्केका छन्।