राम बहादुर बिश्वकर्मा
प्युठान,केही दिनयता बुढादेबीको बस्ति डुबानले आक्रान्त छ।बाढी र पहिरोका कारण अहिलेसम्म मानबिय क्षती नभएपनी लाखौंको भौतिक क्षति पुर्याएको छ।
बुढादेबीमा भएको लगातार वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ।असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत शुक्रबारयता मुसलधारे वर्षाले भुसबाङ्ग खोलामा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो ।
तस्बिर : बुधबार बिहान बर्षाका कारण भुसबाङ्ग खोलामा बाढी आएर हिलाम्मे बुढादेबी बजार
खोला किनारका बस्तीहरू डुब्नु नौलो होइन तर,पछिल्लो समय भने खोला किनारबाट टाढा रहेका बस्तीहरू पनि बाढीले डुब्न थालेका छन्।
प्युठान नगरपालिका वडा नम्बर ९ र १० मा उर्लेको बाढीले कटान र डुबान बढाउँदै लगेको छ । पछिल्ला ५ दिनयता बाढीको पानी बस्तीमा पसेपछि जताततै जलाम्य बनेको हो ।
पानी रोकिए पनि बाढिले लिएको ढुङ्गा सहितको लेदो सखार नगर्दा सम्म उक्त क्षेत्रमा यातायात चल्ने कुरा त परै जावस सडकमा यतिबेला पैदल हिँड्न सक्ने अवस्था पनि छैन ।
खोलामा जलस्तर बढेसँगै कतिपय स्थानमा नदीको तटबन्ध कटान गरेको छ।
पछिल्लोपटक यसपालि मध्य असारसँगै पानी पर्दा समयमै धान रोप्न पाएको खुशी पनि यहाँका किसानमा धेरै टिक्न पाएन।खेतका गह्रागह्रा भत्काउँदै पानीको रेला चलेर रोपो बग्दै गएपछि किसानको खुशी खोसिएको हो।भर्खरैको रोपो बगाएको र अलि पहिलेको रोपो सरेको भए पनि अब डुबानले पहेँलिने चिन्ताले किसान विरक्तिएका छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय प्युठानले खोलामा जलस्तर बढ्दै गएपछि तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित ठाउँमा सार्ने काम अघि बढाएको छ।तटीय क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मी परिचालित गरी सुरक्षित ठाउँमा सार्ने र सबैलाई आइपर्ने विपद्ब बारे सचेत बनाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जानकारी दिए।प्युठान नगरपालिका वडा नम्बर ९ र १० का केही बस्ती बढी जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गरिएको अर्यालको भनाइ छ ।
तस्बिर : बाढिका कारण सास्ती बेहोर्दै स्थानीय
गत वर्षको बाढीले पनि उक्त क्षेत्रमा निकै क्षति गरेको थियो।गतवर्ष त्यही खोलामा बगेको भेलले बिध्यालय बाट घर फर्कदै गरेकी १३ बर्षिय बालिकाको ज्यान लियो।
बस्तिको भौगोलिक अवस्था हेरेर सडक विकास नगर्नु नै बाढीको मुख्य कारण भएको प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि बताउँछन्।
बुधबार बिहान करिब ७ बजे आएको बाढिले बुढादेबीका घर डुबान र सडक हिलाम्मे भएको स्थानीय प्रकाश के सि ले जानकारी दिए ।
बाढिका कारण चुदरीखोला,भुस्वाङखोलाको आसपास रहेका सयौं रोपनीमा लागाइएको धानबाली खोलाले कटान गरि बगाएको छ।
जिल्ला प्रसासन कार्यालय प्युठानको जानकारी अनुसार प्युठान नगरपालिका वडा नम्बर ९ र १० स्थित बुढादेबी बजारमा ६ वटा घर, गोठ र १ कुखुरा खोरमा क्षती पुर्याएको छ भने करिब ७ घर र एक निजि बिध्यालय उच्च जोखिममा रहेको छ।
प्रतिक्रिया राख्नुहोस्