सरुमारानीमा विपद जाेखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न 

सरुमारानीमा विपद जाेखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न 

सीता बि.क
प्युठान,स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागिविपद जाेखिम न्युनीकरण,व्यवस्थापन र लैङ्गिक समानता,अपांगता तथा सामाजिक समावेशीकरण सम्वन्धि २ दिने तालिम समापन भएको छ।
सरुमारानी गाउँपालिकामा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन क्षमता अभिबृद्धि भई विपद् व्यावस्थापनलाई संस्थागत गर्ने तथा स्थानीय बजेट तथा योजना तर्जुमाद्वारा विपद् व्यवस्थापन गर्ने उदेश्यले भएकाे तालिमको एक कार्यक्रमका बिच बुधबार समापन गरिएकाे छ।सरूमारानी गाउँपालिका र प्रदेश सरकार लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे आयोजना र CRS / NHSRP काे प्राविधिक सहयोगमा तालिम सन्चालन गरिएको सरुमारानी गाउँ पालिकाका प्रबक्ता चिन्त सोमैलै जानकारी दिनुभयो।
उहाँका अनुसार विपद् जोखिम व्यवस्थापन सम्बन्धी २ दिने तालिम  तालिममा विपद् जोखिम सम्बन्धि नेपाल सरकारको नीतिहरु,स्थानीय विपद् जोखिम व्यवस्थापन ऐन,स्थानीय विपद् जोखिम व्यवस्थापन समितिको काम र कर्तव्यहरु, पूर्व चेतावनी प्रणाली, जोखिमको वित्तीय व्यवस्था,जोखिम हस्तान्तरण संयन्त्र र स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कोष सञ्चालन कार्यविधि जस्ता विषयमा सहभागीहरुलाई जानकारी दिइएको हो।तालिममा कार्यपालिका सदस्यहरू,शाखा प्रमुखहरू,प्रहरी चौकीका प्रतिनिधिहरू,नगर प्रहरी,गाउँपालिकाका विभिन्न विकास समितिका संयाेजकहरू,बाल संजाल,अपांग संजालका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे थियाे।
तलिमले विपद जाेखिम न्यनिकरण तथा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने सहभागीहरुले विश्वास लिएका छन् । याे तालिम एकदमै आवश्यक भएकाेले आगामी दिहरुमा पनि यस्ता  तालिमहरुकाे आयाेजना तथा पुनर्ताजगी गरिराख्नु पर्ने सहभागीहरुले बताएका छन् ।
तालिम समापन कार्यक्रममा बोल्दै सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले विपद जाेखिम न्युनीकरण,व्यवस्थापन र लैङ्गिक समानता,अपांगता तथा सामाजिक समावेशीकरण सम्बन्धी २ दिने तालिमले स्थानियपालिकाले गर्नुपर्ने कामको बारेमा पुर्नरताजगी बनाएको बताउनु भयो।साथै अध्यक्ष बिश्वकर्माले स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था गरिएको र आउन सक्ने विपद् तथा जोखिमका लागि पूर्व तयारीका आवश्यक सामाग्रीको पनि तय गरिने प्रतिवद्धता समेत व्यक्त गर्दै विपदको बेला कसैलाइ पनि भेदभाव नगरि सहयोग गर्नुपर्ने बताउनुभयो।गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले उदघाटन गर्नु भएको तालिमको समापन उपाध्यक्ष बसन्ता खडकाले गर्नु भएको थियाे। भने प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकको स्वागत मनतब्यबाट सुरुभएको तालिमको सहजीकरण शालिकराम कालाथाेकी र प्रकास विश्वकर्माले गर्नु भएको थियो।