प्युठान नगरपालिका वडा नं.३ को अर्को नमुना काम-डिजिटल स्मार्ट सडक बोर्ड र क्यामरा जडान 

प्युठान नगरपालिका वडा नं.३ को अर्को नमुना काम-डिजिटल स्मार्ट सडक बोर्ड र क्यामरा जडान 

सीता बि.क
प्युठान,मूलुकभरका स्थानीय तहका जनप्रतिनिधिहरु आ-आफ्नै गतिविधि अगाडि बढाइरहेको बेला प्युठान नगरपालिकाको एउटा वडा ले पनि एकपछी अर्को काम गरि नमुना बन्दै गएको छ । 
प्युठान नगरपालिकाकाको वडा नं.३आफै लोकप्रिय भएको होइन त्यहाँ निर्वाचित वडा अध्यक्ष सुमन श्रेष्ठको मिसन र भिजनका कारण नगरपालिका मै नमुना बन्दै गएको हो।
वडाबासिको सरोकारका बिषय तथा भर्खरै मात्र सडक बत्ती जडान गरि उज्यालो वडा बनाउने अभियान चलाएर चर्चा कमाएको वडा नं. ३ ले फेरी अर्को लोक प्रिय काम गरेको छ ।
वडा कार्यालयले महिनाभरि गरेको काम,सेवा प्रवाह, वडाको विकास निर्माणका गतिविधि सार्बजनिक गर्ने उद्देश्यले वडा कार्यालय नजिकै डिजिटल स्मार्ट सडक बोर्ड र क्यामरा जडान  गरेर  वडा नं.३ ले नमुना काम गरेको हो । 
“संघीय संरकारलाई बचाउने जिम्मेवारी हाम्रो काँधमा छ।त्यसका लागि जनताका चाहना पूरा गर्नु आवश्यक छ,” वडा अध्यक्ष सुमन श्रेष्ठले भने,“नयाँ र केही रचनात्मक गर्न खोज्दा चुनौती आउँदा रहेछन्।”वडा अध्यक्ष श्रेष्ठ भन्छन्,सवल,सक्षम,समृद्ध र नमूना वडा बनाउने मेरो सपना हो। मसँग काम गर्ने ऊर्जा छ,निर्दिष्ट योजना छ,वडा विकास गर्ने परिकल्पना छ,कामप्रति लगाव र इमान्दारिता छ,सामाजिक न्याय र समानताको वकालत गर्ने क्षमता छ।"वडामा भएका स्रोत र साधनको पहिचान गरी योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उनको दाबी छ ।“युवाका लागि पनि उद्यमशीलता तथा रोजगारीका कार्यक्रमका लागि वडापालिकाले राम्रै गरेको छ।सल्लाह–सुझावकै आधारमा वडामा आउने बजेटको प्रभावकारी कार्यान्वयन भएको छ।जेहोस्,अरूभन्दा ३ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडा बाटै दिन खोजिएको अनुभूति सबैले गरेको स्थानीय बताउँछन।प्युठान नगरपालिकामा रहेको १० वटा वडामध्ये सबैको नजर परेको वडा नं.३ युवा र पढेलेखेको वडाध्यक्ष भएकोले पनि नया सोचाइका साथ बिकास निर्माणका कामसंगै अन्य वडाको तुलनामा अगाडि रहेको स्थानियहरुले बताएका छन् ।
स्थानीय तहको आधारभूत जग भनेकै वडा तह हो। जनताले आधारभूत रूपमा पाउने दैनिक सेवाहरू वडा कार्यालयबाट प्रवाह हुन्छन्।विभिन्न प्रकारका सिफारिसदेखि,टोल विकास समिति गठन अन्य कामको समन्वय स्थानीय तहको वडा समितिले गरेको हुन्छ र वडा अध्यक्ष त्यसको नेतृत्वमा रहन्छन्।
नागरिकता सिफारिसको काम वडा तहबाट हुन्छ र त्यसमा वडाअध्यक्षको अनिवार्य संलग्नता रहन्छ। चारकिल्ला प्रमाणितदेखि सम्पत्ति सिफारिसका काम समेत वडा कार्यालयबाट हुन्छन्।अब यस्ता गतिविधि सार्बजनिक गर्न सहज हुनेछ,अध्यक्ष श्रेष्ठले भने,‘यहाँका स्थानीयहरुको सानाभन्दा पनि अति साना आवश्यकताहरु पूरा गर्नु हाम्रो दायित्वभित्र पर्छ । यसलाई चुनौतीभन्दा पनि अवसरको रुपमा लिएर म समग्र वडावासीहरुको सेवामा तल्लीन छु।लामो समयसम्म हुन नसकेका एवं अधुरा र अपूरा विकासका कामहरु थुप्रै सम्पन्न भइसकेका छन्।सडक निर्माण र सडक बत्ती समेत जडान गरिएको छ।’
प्युठान नगरपालिका वडा नम्बर ३ स्थित दैलेसिमल स्थित युद्ध पर्यटकीय स्थल निर्माण सङ्गै शहितका शालिक निर्माणका का साथै वडाबासिले उत्पादन गर्ने विभिन्न सामाग्रीको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले साढेखोलामा कोशेली घर लगायतका पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने वडाध्यक्ष श्रेष्ठले बताए ।
प्युठान नगरपालिकाका प्रवक्ता समेत रहेका श्रेष्ठले आफ्नो वडाको सेवालाई जनमैत्री बनाइने प्रतिबद्धता जनाउँदै विधिको शासन स्थापना गर्ने बताए।
यस्तै ढिलासुस्तीरहित सुशासन,पारदर्शी सेवा प्रदान गर्ने, वडाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने,स्तरोन्नति तथा विद्यालयमा पुस्तकालय,विज्ञान प्रयोगशालाको समुचित व्यवस्था गर्ने,विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्दै विद्यार्थीहरुलाई पढाइसँगसँगै काम र रोजगारीसहितको व्यावहारिक शिक्षाका पूर्वाधारहरु तयार गर्ने वडाका योजनाहरु रहेको उनले बताए ।
यसैगरी, वडाभित्र महिला हिंसा तथा विभेद न्यूनीकरणका साथै वडाभित्र रहेका जनजाति दलितहरुको समस्या समाधानमा वडाका आगामी योजनाहरु रहेको उनले बताए।