लुम्बिनी प्रदेशका गाउँपालिका प्रवक्ता दाङ्गमा,स्थानिय सरकार संचालन सम्बन्धि तालिम लिदै

लुम्बिनी प्रदेशका गाउँपालिका प्रवक्ता दाङ्गमा,स्थानिय सरकार संचालन सम्बन्धि तालिम लिदै

सीता बि.क
प्युठान,लुम्बिनी प्रदेस अन्तरगत रहेका ४५ वटा स्थानीय सरकारका प्रवक्ताहरूलाई स्थानिय सरकार संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम प्रदेशको  राजधानी देउखुरीमा सुरु भएको छ।
गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश कार्यालय देउखुरीको आयोजनामा मङ्गलबार देखि हाेटल पौवा भालुवाङ दाङमा २ दिने तालिम शुरु भएको हो।
अभिमुहिकरण कार्यक्रमको उद्घाटन गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बिष्णु गिरीले गर्नुभयो।उदघाटन कार्यक्रमलाई सम्बाधेन गर्दै अध्यक्ष गिरीले स्थानीय तहमा रहने प्रबक्ताका के कस्ता काम,कर्तव्य र अधिकारहरु छन् भन्ने बिषयमा व्यापक अन्यौल भएकाले प्रबक्ताको क्षमता बिकास गराउने उद्देश्यले तालिम सन्चालन गरिएको बताउनुभयो।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलको स्वागत मन्तब्यबाट सुरु भएको  कार्यक्रमको संचालन गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका समन्वय अधिकृत रविन गौतमले गर्नु भएको त्यहाँ बाट तालिम सहभागी एबम सरुमारानी गाउँपालिकाका प्रबक्ता चिन्त सोमैले जानकारी दिनुभयो ।