राम बहादुर बिश्वकर्मा
प्युठान,सामाजिक क्षेत्रमा काम गरिरहेको कालिका बिकास केन्द्र नेपाल बिजुवारको ४२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सुक्रवार प्युठान नगरपालिका वडा नम्बर ४ बिजुवार स्थित संस्थाको आफ्नै सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा प्युठान नगरपालिकाका सस्थापक नगर प्रमुख अर्जुनकुमार कक्षपतिको प्रमुख आतिथ्यता तथा प्युठान नगरपालिका वडा नम्बर ४ का सस्थापक वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीको विशेष आतिथ्यतामा सम्पन्न साधारणसभा सस्थाका अध्यक्ष सनत श्रेष्ठले सभाको सभापतित्व गर्नुभएको थियो ।
सस्थाका कार्यकारी निर्देशक राजेन्द्र राजभण्डारीले सन्चालन गर्नुभएको कार्यक्रममा कार्यसमिति सदस्य पार्वती कक्षापतिले उपस्थित सम्पूर्ण सदस्य,अतिथि लगायतका महानुभावहरूलाई स्वागत मन्तव्यले सम्वोधन गर्नुभएको थियो।"आत्मा साक्षी राखी मन वचन र कर्मले सेवा गरौं" भन्ने मुख्य नारा रहेको उक्त सस्थाले समाज सुधारका विषयमा विभन्न कामहरु गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कक्षपतीले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
तस्बिर : प्रमुख अतिथिको आसन बाट शुभकामना मन्तब्य राख्दै प्युठान नगरपालिकाका सस्थापक नगर प्रमुख अर्जुनकुमार कक्षपती
“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन,यसका लागि भित्री मनबाट नै इच्छा हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”,उहाँले भन्नुभयो -"बिगतमा केही सिमित ब्यक्तीको अग्रसरतामा स्थापना गरिएको कालिका बिकास केन्द्र नेपालले दुरदराजमा सामाजिक चेतना सङ्गै बिकासका काम गरेको अनुभव सुनाउनुभयो।
सस्थापक अध्यक्ष समेत रहनुभएका कक्षपतिले सस्था मार्फत बिगतमा सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक संघसंस्थाले चेतना बाँड्नुका साथै उनीहरुलाई राहत दिने काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि सस्थाको बृहत्तर बिकासका लागि सङ्गै हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
त्यस्तै बिशेष अतिथी लक्ष्मी प्रकाश राज भण्डारीले जिल्लामा स्थापित रहेको उक्त संस्थाले जिल्लामा उल्लेखनीय काम गरेको भन्दै प्रसंसा गर्नुभयो।
व्यक्ति,व्यक्तिगत पहिचानभन्दा यस्ता समाजिक संघ सस्था प्रधान रहेको विचार राख्दै उहाँले उक्त सस्थाको विकास,उन्नयन र सुधारका लागि आफू सदैव सकारात्मक र जागरूक रहेको र रहिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
तस्बिर : बिशेष अतिथी प्युठान नगरपालिका वडा नम्बर ४ का सस्थापक वडा अध्यक्ष लक्ष्मिप्रकास राजभण्डारी
सभामा सस्थाका महासचिव सीता श्रेष्ठ र कोषाध्यक्ष प्रदिप कर्मचार्यले पेश गर्नुभएको वर्षिक कार्य प्रगति एवं आर्थिक प्रतिवदेनहरू अनुमोदन गरिए । स्थाकाका सदस्यहरूले पेश गरिएका प्रतिवेदनहरू उपर आफ्ना राय-सुझावहरू पनि दिए ।
कार्यक्रममा सस्थाका अध्यक्ष श्रेष्ठले कालिका बिकास केन्द्रले विगत बर्षहरूमा गरेका प्रमुख कार्यबारे सभालाई अवगत एवं स्मरण गराउनुभयो।
साथै अध्यक्ष श्रेष्ठले आफ्नो निरन्तर नेतृत्वको लागि सस्थाले आफूलाई गरेको विश्वास प्रति सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सस्थाको हितका लागि आफूलाई पूर्ण समर्पित हुने प्रतिवद्धता जाहेर गर्दै सभाको विसर्जन गर्नुभयो ।
तस्बिर : कार्यक्रम समापन गर्दै सस्थाका अध्यक्ष सनत श्रेष्ठ
प्रतिक्रिया राख्नुहोस्