मुक्ति समाज प्युठानको अध्यक्षमा रसाइली र सचिबमा सुनार सर्वसम्मत चयन  

मुक्ति समाज प्युठानको अध्यक्षमा रसाइली र सचिबमा सुनार सर्वसम्मत चयन  

राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज प्युठानको ५ औं जिल्ला अधिबेशन बिजुवारमा सम्पन्न भएको छ । 
“जातिय भेदभाव तथा छुवाछूत अन्त्य तथा राष्ट्रिय नीति निर्माण गरौं,समानुपातिक समाबेशिकरण प्रतिनिधित्व को संवैधानिक अधिकार सुनिस्चित गरौं” भन्ने मूलनाराका साथ नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर बिश्वकर्माको प्रमुख आतिथ्यतामा आइतबार नेकपा एमाले पार्टी कार्यालय प्युठानको शभाहलमा सम्पन्न भएको हो।मुक्ति समाज प्युठानका अध्यक्ष निम बहादुर सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय उपाध्यक्ष नन्द बिश्वकर्मा,नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य शारदा स्वर्णकार नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजयबिराज बिष्ट,मुक्ति समाज स्थाई कमिटी सदस्य प्रसाद ल्वागुन,मुक्ति समाज नेपाल लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कृष्ण बिश्वकर्मा,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य बेगम बिश्वकर्मा,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य खुम बहादुर परियार,नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य अर्जुनसिह बि.क,नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सङ्गठन फाट इन्चार्ज पुर्खसिह सुनार,नेकपा एमाले जिल्ला कमिटी लेखा आयोग जिल्ला कमिटी उपाध्यक्ष आशा बि.क लगायत शीर्ष नेतृत्वको समेत विशेष उपस्थिति रहेको थियो।नेपाल कम्युनिष्ट पार्टी एमाले निकट गौरवशाली संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको अधिबेशन बाट राज बहादुर रसाइलीको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित हुनुभएको छ।जसको उपाध्यक्षमा ओम बहादुर सुनार,प्रकाश परियार,सचिव कुल बहादुर सुनार,उपसचिव तुल्सिङ्ग नेपाली ,उपसचिव अर्जुन सापकोटा,कोषाध्यक्ष चनी सुनार रहनुभएको छ।
त्यस्तै सदस्यहरुमा खिमा बि.क,गङ्गा परियार,फुर्सी परियार,पुस्पा सुनार,पुजन बिनायक बि.क,सितल बि.क,तुल बहादुर बि.क,कविता सुनार,टिकामाया सुनार,शिबे दमाई,डोर बहादुर सुनार लगायत रहनुभएको छ।
यसअघि अधिवेशनको उद्घाटनपछि सम्बोधन गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर बिश्वकर्मा पौडेलले तीन हजार वर्ष पहिलेदेखि चल्दै आएको जातीय विभेद केही सुधार भए पनि अझै उत्पीडित एवं दलित समुदायले विभेद भोग्नुपरिरहेको बताउनुभयो । उहाँले दलित समुदाय अहिले पनि राज्यको आर्थिक,सामाजिक,राजनीतिक र सांस्कृतिक लगायत विविध क्षेत्रको थिचोमिचोमा परिरहेको बताउँदै संविधानमा उल्लेखित हक,अधिकार तथा न्यायको पूर्ण रुपमा उपभोग गर्ने वातावरण बनाउन माग गर्नुभयो ।जिल्ला समन्वय समिति पर्वतका पूर्व प्रमुख समेत रहनुभएका केन्द्रीय अध्यक्ष पौडेलले समाजमा रहेको जातीय विभेद,वर्गीय असमानता र थिचोमिचोको अन्त्य गर्नका लागि उत्पीडित जातीय मुक्ति समाज जस्ता संघ,सङ्गठनको आवश्यकता रहेको बताउँदै समाजमा विभेद र असामनता नभएको भए मुक्ति समाजको स्थापना हुने थिएन उहाँले भन्नुभयो-"संविधानले जातीय विभेदलाई सम्बोधन गरे पनि समाजमा अझै समस्या कायम छ जसले जातीय विभेदको अन्त्य र सामाजिक न्यायको आन्दोलनमा एमालेले गरेको प्रयास सकारात्मक रहेको बताउँदै उहाँले सम्पूर्ण दलित समुदाय उत्पीडित जातीय मुक्ति समाजमा गोलबन्द हुन आह्वान समेत गर्नुभयो।
सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष बिजयबिराज बिष्टले समानुपातिक र समावेशीको व्यवस्था गर्न एमालेले पहलकदमी गरेको बताउँदै पार्टीभित्र रहेका हरेक संघ,सङ्ग‌ठनहरुमा विधानअनुसार सहभागिताको सुनिश्चितताको ग्यारेन्टी गरिएको बताउनुभयो।
नयाँ नेतृत्वले उत्पीडित समुदायको हितमा प्रभावकारी काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो।जातीय मुक्तिका लागि मात्रै नभइ समाज रुपान्तरण र समृद्धिका लागि पनि यो संगठनले काम गर्नु पर्ने र समाज विकासमा योगदान पुर्याउनु पर्ने उहाँको सुझाव  छ।
विष्टले जातीय छुवाछुत र विभेद अन्त्यका लागि एमाले पार्टी सधैं दलित समुदायको पक्षमा रहेको बताउँदै जनसङ्गठनमा बस्नेहरुले आ-आफ्नो जिम्मेवारी अनुसार संघ,सङ्गठन र पार्टीको काम गर्नुपर्ने बताउनुभयो।
नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेश अध्यक्ष किष्ण बिश्वकर्माले समाजमा जातका आधारमा गरिने विभेद अझै व्याप्त रुपमा रहेका कारण यसको समूल अन्त्यका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज लाग्नुपर्ने बताउनुभयो।
अहिले पनि समाजमा शोषण र जातीय विभेद लगायतबाट चपेटामा समाज अझै रहेको र रुपान्तरण गर्न खोजेपनि नभएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार विज्ञानको युगमा पनि जातीय विभेदमा परि अपमान र तिरस्कारका विरुद्ध अझै बोल्नुपर्ने परिस्थिति रहेको र विभेदका श्रृङ्खला अझै जारी रहेको बताउदै यसको अन्त्यका लागि नेकपा(एमाले)ले अगुवाई गरिरहेको छ।नवनिर्वाचित अध्यक्ष राज बहादुर रसाइलीले उत्पीडित जातीय समुदायको हकअधिकार स्थापित गर्दै समाजमा समानता र न्याय सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सङ्गठन फाट इन्चार्ज पुर्खसिह सुनारले उत्पीडित समुदायको सवाललाई बलियो बनाउन मुक्ति समाजको नयाँ समितिले परिणाममुखी काम गर्ने विश्वास व्यक्त गर्नुभयो।उहाँले पार्टीका सबै शुभेच्छुक संगठनहरूले सकारात्मक सहयोग लिदै अनुकरणीय काम गर्नुपर्ने बताउनुभयो।