प्याप्सन प्युठानले बुझायो जिल्लाका सबै स्थानीय तहमा ज्ञापन पत्र  

प्याप्सन प्युठानले बुझायो जिल्लाका सबै स्थानीय तहमा ज्ञापन पत्र  

सिता बि.क
प्युठान,निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) प्युठानले जिल्लाका ९ वटै स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएको छ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न वनेको विद्येयक २०८० मा रहेका केहि प्रावधानप्रति असहमति जनाउँदै जिल्लाका सवै स्थानीय तहका प्रमुखहरुलाई ज्ञापन पत्रमार्फत बिहीबार ज्ञापन पत्र वुझाएको हो।

तस्बिर :प्युठान नगरपालिकाका कार्यबाहक नगर प्रमुख सुमन राज श्रेष्ठ लाई ज्ञापनपत्र बुझाउदै प्यापसन प्युठान टिम

 

ज्ञापनपत्रमा प्रस्तावित विधेकमा निजी विद्यालयलाई गैर नाफामुलक बनाउने र पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधानहरुले निजी क्षेत्रको लगानी र भविष्यमाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको यी प्रावधानहरु अव्यवहारिक,लगानी प्रतिकुल र पूर्वाग्राही भएको आरोप लगाएको छ।शिक्षा क्षेत्रमा राज्यले प्रदान गर्ने सवै तहका सवै प्रकारका छात्रवृत्तिमा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिताको सुनिश्चितता गर्न पनि ज्ञापन पत्रमा अनुरोध गरिएको छ।
त्यस्तै संविधानले शिक्षामा निजी क्षेत्रको लगानी नियमन र व्यवस्थापन गरी सेवामुलक बनाउने संविधानको मर्म र भावना लोकतान्त्रिक,व्यावहारिक र न्यायपूर्ण संवैधानिक व्यवस्थाको सम्मान गर्न अपरिहार्य रहेकाले अब जारी हुने शिक्षा ऐनमा विद्यालयहरु कम्पनी ऐनको मातहतमा रही सञ्चालन हुने  व्यवस्था गर्न अपिल गरिएको छ। 
साउन ३० गते जिल्ला प्रशासन कार्यालय प्यूठान, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समिति प्यूठानलाई ज्ञापन पत्र वुझाउने कार्यक्रम रहेको प्याव्सनले जनाएको छ।