राम बहादुर बिश्वकर्मा
प्युठान,सामाजिक तथा राजनीतिक क्षेत्रमा उदाएका प्युठानीका छोरा घमानसिह गुरुङले सफलतापूर्वक आफ्नो पीएचडी पूरा गरेका छन्।प्युठान जिल्ला ऐरावती गाउँपालिका-३ तालपोखरा जन्मिई हाल काठमाडौ निवासी घमानसिह गुरुङ्गले आफ्नो पीएचडी पूरा गरेर आफ्नो परिवार,गाउँ-ठाउँ र जातिलाई नै गौरवान्वित तुल्याएका छन्। उनले विगत चार वर्षदेखि गरिरहेको पीएचडी औपचारिक रुपमा यस वर्ष २०२५ मा आएर समाप्त भएको जानकारी प्राप्त भएको छ। उनले आफ्नो पीएचडीको कार्य २०२१ मा शुरु गरेका थिए भने यसको समाप्ति लगभग ४ वर्षपछि यहि वर्ष २०२५ मा पीएचडी डिग्री प्राप्त गरेको जानकारी प्राप्त भएको छ। पिता स्व: एक बहादुर गुरुङ र माता कुमारी गुरुङको जेठो सुपुत्र घमान सिह गुरुङ्गले अमेरिकाको एभोनले विश्वविद्यालय,प्युर्टो रिकोबाट
आफ्नो पीएचडी पूरा गरेका छन्। उनले आफ्नो पीएचडी सामाजिक र राजनीतिक विज्ञानमा मानार्थ विद्यावारिधि (पीएचडी) रहेको छ।
प्युठान जिल्ला ऐरावती गाउँपालिका-३ तालपोखरा जन्मिई हाल काठमाडौ निवासी घमानसिह गुरुङ्गले आफ्नो पीएचडी पूरा गरेर आफ्नो परिवार,गाउँ -ठाउँ र जातिलाई नै गौरवान्वित तुल्याएका छन्।
सानैदेखि हुने बिरुवाको चिल्लो पात भनेको जस्तै सानैदेखि पढाईमा अब्बल डा: घमान सिह गुरुङ्गले आफ्नो प्राथमिक देखि माद्यामिक शिक्षा धर्मोदय माध्यामिक बिध्यालय बाट शुरु गरेर उच्च शिक्षा बुटवल बहुमुखी क्याम्पस बुटवलबाट अनि त्यसरी नै स्नातककोत्तर त्रिभुवन बिश्व बिध्यालय कृतिपुर काठमाडौ बाट पूरा गरेका थिए। पीएचडीको समयमा घमान सिह गुरुङले आफ्नो पीएचडीको डिग्री प्राप्त गर्नमा सर्वप्रथम आफ्नो योगदानलाई स्विकार गर्ने अमेरिकाको एभोनले विश्वविद्यालयलाई धन्यवाद दिएका छ्न।त्यस्तै आफ्ना पिता भारतिय भूतपूर्व सैनिक स्व:एक बहादुर गुरुङ र माता कुमारी गुरुङलाई श्रेय दिदै धन्यवाद दिएका छन्। उनले आफ्नी पत्नीलाई पनि हरेक पाइलामा साथ दिएकोमा आभार प्रकट गरेका छन।यसको साथै आफ्नो सफलतामा साथ दिने गुरुङ परिवारका सदस्यहरु क्रमस:भाई प्रेम गुरुङ्ग,बिजय गुरुङ,बहिनी सर्मिला गुरुङ र बुहारीहरु लगायत र सम्पूर्ण परिवारलाई धन्यवाद दिएका छन्।
उनको यस ऐतिहासिक शैक्षिक उपलब्धिले सम्पूर्ण गाउँवासीहरूलाई गौरवान्वित तुल्याएको छ।
शिक्षा,राजनीति,सामाजिक सेवा,अनुसन्धान र प्रविधिको क्षेत्रमा उहाँको योगदानको अपेक्षा गर्दै स्थानीयवासी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।
स्थानीय शैक्षिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वासका साथ डा.गुरुङ्गको उज्ज्वल भविष्यको कामना समेत गरिएको छ।
गुरुङ हाल नेपाल समाजबादी पार्टी(नयाँ शक्ति) जनपरिचालन सामाजिक अभियान बिभाग प्रमुख,राजनीतिक सम्बाद समिति सदस्य र विभिन्न संघ सस्थामा आबद्ध छन।साथै उनले काठमाडौ र बुटवलमा लामो समयदेखी एसिएन स्कुल अफ होटेल म्यानेजमेन्ट प्राली संचालन गरि बर्सेनि सयौं युवाहरुलाई विभिन्न सीप बिकासमा दक्ष बनाई नेपाल तथा बिदेशमा रोजगारी र स्वरोजगारी प्रदान गर्दै आएका छन्।
प्रतिक्रिया राख्नुहोस्