अशक्त असायहरुको सारथि बन्दै प्युठानको "युवा संघ"

राम बहादुर बिश्वकर्मा 
प्युठान,नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल प्युठानले आर्थिक अभावमा उपचारबाट वञ्चित बिरामीलाई आर्थिक सहयोग गरेको छ।
अन्तरास्ट्रिय युवा दिवसको अबसरमा युवा संघले प्यूठान नगरपालिका-८ रज्यान निवासी ५८ वर्षीय मृगौला पीडित रामे सुनारलाई आर्थिक सहयोग प्रदान गरेको हो।
युवा संघ प्युठानका अध्यक्ष महेश पाण्डेको नेतृत्वमा घरमा पुगेको संगठनले २१ हजार रुपैंया सहयोग हस्तान्तरण गरेको छ। 

तस्बिर :अन्तराष्ट्रिय युवा दिवसको अबसरमा मृगौला पीडित सुनारलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै युवा  संघ नेपाल प्युठानका अध्यक्ष महेश पाण्डे सहितको टिम  


सुनारको दुई वर्ष पहिले दुबै मृगौला फेल भएको थियो। हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने हुन्छ। दाङको राप्ती स्वास्थ्य प्रतिस्ठानमा पुगेर डायलासिस गर्ने गरिएको छ।
उपचारमा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्धेश्यले आर्थिक सहयोग उपलब्ध गराइएको युवा संघ प्युठानका अध्यक्ष महेश पाण्डेले जानकारी दिए।‘उहाँको थप उपचारमा सहयोग पुगोस् भनेर हामीले सहयोग गरेका हौं।’पाण्डेले भने।
उनका अनुसार ती मृगौला पीडित सुनारलाई केही दिन भएपनि आफूले प्रदान गरेको सहयोगले डाइलेसिस गर्न  सहयोग पुग्ने अपेक्षा छ।
राष्ट्रिय युवा संघ प्युठानले गरीब,असहाय,बिपन्न,युवाहरूको हितका लागि काम गर्दै आएको छ।