अनेरास्ववियु प्युठान जिल्ला कमिटी अध्यक्षमा टेकराज सर्वसम्मत

के सि को नेतृत्वमा ७ पदाधिकारीसहित ३७ सदस्यीय नयाँ कमिटी गठन

अनेरास्ववियु प्युठान जिल्ला कमिटी अध्यक्षमा टेकराज सर्वसम्मत

राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को प्युठान जिल्ला कमिटीको अध्यक्षमा टेकराज के सि चयन भएका छन् । 
शनिबार बिजुवारमा भएको अनेरास्ववियुको १५ अधिवेशनले के सि लाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। 
अधिवेशनले के सि को नेतृत्वमा ७ पदाधिकारी सहित ३७ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरेको छ।कमिटीको उपाध्यक्षहरुमा बिकास के.सि,सुबास सुनार रहेका छन् । 
यस्तै सचिवमा प्रेम पुन,सह-सचिवमा सालभिया आचार्य,माधब पोख्रेल चयन भएका छन्।यसैगरी,कोषाध्यक्षमा लोकेन्द्र के.सि.चयन भएको निर्वाचन समितिले जनाएको छ ।

तस्बिर : २ बर्षे कार्यकालमा जिल्लाको समग्र शैक्षिक गतिविधि र आन्दोलनका सवालमा होमिने अध्यक्ष टेकराज के सि को नेतृत्वमा सर्बसम्मत चयन गरिएको ३७ सदस्यीय अनेरास्ववियु जिल्ला कमिटीको टिम 


अधिबेशनको उद्घाटन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समीक कुमार बडालले गरेका थिए।आगामी २ वर्षको लागि चुनिएको नयाँ नेतृत्वले प्युठान जिल्लाको समग्र विद्यार्थी आन्दोलनलाई थप मजबुत बनाउने नवनिर्वाचित अध्यक्ष के सि ले बताए ।
उद्घाटन कार्यक्रममा नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष विजय बिराज बिष्ट,संगठनका उपाध्यक्ष धर्म गिरी,नेकपा एमाले जिल्ला कमिटी प्युठानका पूर्व अध्यक्ष तुलसीराम शर्मा,संगठनका केन्द्रीय सचिव बिनिता काफ्ले,स्थायी कमिटी सदस्य,गोविन्द थपलिया,प्रदेश अध्यक्ष सन्तोष बाठा लगायत केन्द्रीय कमिटीका सदस्यहरू पार्टी जिल्ला कमिटीका उपाध्यक्ष,सचिव,उपसचिव विभिन्न पार्टी भातृ संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गरेका थिए।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समीक कुमार बडालले निर्वाचित नेतृत्वको घोषणा गर्दै पार्टीले बनाएका योजना कार्यान्वयनमा पूर्णरुपले लाग्न निर्देशन गरेका थिए ।