प्युठानमा चुनावी अभियानमा होमियो एमाले,वडा-वडामा चुनावी प्रचार

प्युठान,प्युठान जिल्लामा नेपाल कम्युनिष्ट पार्टी एमाले आउँदै गरेको स्थानीय तहको चुनाबी अभियानमा होमिएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको चुनाबमा एमालेले प्युठानका ९ वटै स्थानीय तहका वडा वडामा चुनाबी प्रचार प्रसारको कामलाई तिब्रता दिएको छ।

यही क्रममा एमालेले जिल्ला पार्टी कमिटी अध्यक्ष बिजय बिराज बिष्ट लाई मेयर र जिल्ला कमिटी सदस्य पबित्रा जि सि लाई उपमेयरमा सर्वसम्मतरुपमा टिकट सिफारिस गरेपछि उत्साहित बनेको प्युठान नगरपालिकाको चुनाबी मोर्चामा खटिएको टोलिले आज प्युठान नगरपालिका १० बाट गाउँगाउँ पुगेर प्रचार गरिको हो।निर्वाचनका लागि विभिन्न समिति र उपसमितिहरु गठन गरेर पार्टी प्रचार होमिएको अध्यक्ष बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार यस पटक प्युठान नगरपालिकामा बहुमत वडासहित मेयर उपमेयर जित्ने गरेर एमालेले तयारी गरेको छ । निर्वाचनमा मेयरमा होमिनु भएका बिजय बिराज बिष्ट र उपमेयर पबित्रा जि सि पनि रातदिन नभनि मतदाताको घरदैलोमा हिँडि रहनु भएको छ । प्युठान नगरपालिकामा आफूहरुले नेतृत्व गरेर पाँच वर्षभित्रमा नै समृद्ध नगरपालिकाको रुपमा विकास गर्ने लक्ष्य एमाले उमेदवारहरुले लिनुभएको छ । नगरलाई सबै किसिमले सम्पन्न बनाउने, विकासित र समृद्ध नगर बनाउने आफूहरुको लक्ष्य रहेको मेयर पदका उमेदवार बिष्टले जानकारी गराउनु भयो ।
जिल्लाका धेरै जसो स्थानीय तहमा मा एमालेको जित सुनिश्चित भईसकेको बताउँदै बिष्टले प्रचारप्रसार समितिका एक जना सदस्यले १० जनालाई मतदान गर्न लगाए पार्टीको जित त्यसै सजिलो रहेको बताउनुभयो । प्युठान नगरपालिकाका १० वटै वडामा पनि प्रचारप्रसार समिति गठन तिब्र रुपमा प्रचार अभियान सुरु गरिने उद्घोष गर्नुभयो। प्युठानका ९ वटै स्थानीय तह र वडाहरुमा समेत चुनावी अभियानलाई तिब्र बनाइएको र प्रचार प्रसार कार्यालयहरु मार्फत काम भइरहेको उहाँले बताउनुभयो । पाँच दलिय गठवन्धन र चुनाब प्रचार प्रसारका लागि जिल्ला स्तरमा,स्थानीय तह स्तरमा र वडा स्तरका कमिटी परिचालन गरिएको एमाले प्युठानले जनाएको छ ।
प्युठान नगरपालिकाका सबै जसो वडा र जिल्लाका अरु ८ वटा स्थानीय तहमा पनि चुनाबी प्रचार प्रसारका कार्यालयहरु स्थापना गरेर काम भइरहेको अध्यक्ष बिष्टले बताउनुभयो ।
२०७४ सालको निर्वाचनबाट नेकपा एमालेको सरकार आएपछी गरेको विकास निर्माणको काम हेर्न नेकपा एमालेले बिजय गरेका स्थानीय तहका वडाहरु भएकाले फेरि पनि नेकपा एमाले लाई बिजय गराउनुपर्ने नेकपा एमालेले जनाएको छ।
बिहिबार प्युठान नगरपालिका १० मा नेकपा एमालेको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, पोलिट ब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज सुर्य थापा,केन्द्रिय सदस्य हरि रिजाल,जिल्ला सचिबालय सदस्य लक्ष्मीप्रकास राजभण्डारी,जिल्ला सदस्य,कल्पना गिरी लगायतको उपस्थिति रहेको थियो।