रुसमा पहिलोपटक कोरोनाबाट एकै दिन १ हजारभन्दा बढीको मृत्यु

रुसमा पहिलोपटक कोरोनाबाट एकै दिन १ हजारभन्दा बढीको मृत्यु

मस्को,रुसमा कोरोना भाइरस महामारीको सुरुआतपछि पहिलोपटक २४ घण्टामा एक हजारभन्दा बढीको मृत्यु भएको छ।

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार दुई जनाको मृत्यु भएको हो।साथै, उक्त अवधिमा ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले जानकारी दिएका छन्।