मुक्ति पोख्रेल
मेरा साथिभाइ,आफन्त,आदरणीय मनहरुले बडो चासोपुर्बक सोध्नुहुन्छ तिमी किन बिप्लब पाटी नै रोज्यौ?बिप्लब पाटिमा जान भन्दा त अरु पाटी माओबादी,काङ्रेस मा गयको भय अबसर पाउन सकिन्थ्यो!
उहाहरु भन्नुहुन्छ विप्लब पाटिको एजेन्डा बिचार लक्ष्य ठिक भयतापनी लक्ष्य मा पुग्न गाह्रो छ! म उहाहरुलाइ सोध्ने गर्छु के राजनिती आफ्नो स्वार्थ पुर्ती गर्नको लागि,आफ्ना मान्छेलाई जागिर खुवाउनको लागि,अनियमितता भस्ट्रचार बेथिति गर्नको लागि आफ्ना सन्तान दर सन्तान लाइ पुग्ने गरि पैसा कमाउनको लागि हो त?राजनिती सेबा कि पेसा?
यो पुजीवादी दलाल ब्यबस्थामा धनि झन धनी बन्दै जाने,गरिब झन गरिब बन्दै जाने,भ्रष्टाचार दुबो झै मौलाउदै जाने, अनियमितता बडदै जाने,दलाल हरु सक्रिय हुँदै जाने,बेथिति बिक्रीती बिसङती बडदै जान्छ त्यसैले यो ब्यबस्था बाट नेपाली जनताले कहिल्यै आफ्ना समस्या बाट मुक्ती पाउन सक्दैनन! यो ब्यबस्था खसिको टाउको देखायर कुकुरको मासु बेच्ने ब्यबस्था हो!यो ब्यबस्थामा जनतालाई vote bank रुपमा मात्र प्रयोग गरिन्छ जनतालाइ use and throw गरिन्छ!
यो ब्यबस्थामा क्षमता को आधारमा अबसर हैन!चाकडी चाप्लुसी र नेताको आशीर्वादले जागिर,अबसर पाइन्छ त्यसैले यो ब्यबस्थाको खारेजी अहिलेको अपरिहार्य आबस्यक्ता हो
अहिले हामिले जनमत संग्रह को माग गरेका छौ!निरङ्कुस राजतन्त्र ले त जनमत संग्रह दियो भने
अहिलेका लोकतन्त्रबादी प्रजातन्त्रबादी भनाउदाहरुले यो दलाल ब्यबस्था ठिक कि बैज्ञानिक समाजबाद ठिक भनेर जनतालाइ आफ्नो ब्यबस्था छान्ने अधिकार दिन किन कन्जुसाई गरिरहेका छन।
किनकि बैज्ञानिक समाजबाद आयो भने यिनिहरुको लुटको स्वर्ग समाप्त हुने वाला छ त्यसैले यिनिहरुले जनतालाई भ्रम सिर्जना गर्ने,झुटा आश्वासन बाडने काम गरिरहेका छन तर जनता सचेत हुदैछन यिनिहरुको नियत बुझिसकेका छन अब हरेक पाटिका सच्चा क्रान्तिकारी शक्ति धुर्बिकरण हुने बेला आइसक्यो! ब्यबस्था फेरियो तर जनताको अबस्था फेरियन अब यो ब्यबस्था र जनताको अबस्था फेर्न जनक्रान्ती को झन्डा मुनि गोलबद्द हौ।यो नै अहिलेको समयको माग हो!
प्रतिक्रिया राख्नुहोस्