सीता बि.क
प्युठान,प्युठान नगरपालिका-४ बिजुवार निवासी रन्जना श्रेष्ठले श्रीमानको स्मृतिमा सामुदायिक विद्यालयमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकि छिन्।
कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेर दिवंगत जीवनसाथीको सधैं स्मरणको बाटो रोजेकि हुन्।अक्षयकोषको माध्यमबाट दिवंगत श्रीमानको सधैं सम्झना भइरहने श्रेष्ठको विश्वास छ।
शुक्रबार मुक्ती माध्यमिक बिध्यालय रातामाटालाई १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको जानकारी दिइएको छ।
आफ्नो स्वर्गिय श्रीमान राजन कक्षपतिको स्मृतिमा"राजन कक्षपति स्मृती पुरस्कार अक्षयकोष"नामक अक्षयकोषको रकमबाट छात्रावृत्ति वितरण गर्न कार्यविधि बनाइएको छ।त्यही कार्यविधिमा आधारित भएर विद्यार्थीलाई अक्षयकोषबाट आउने वार्षिक ब्याजले विद्यार्थीलाई सहयोग गरिनेछ।
प्यूठान नगरपालिका भित्रका अभिभावक विहिन बालबालिकाहरूको लागि आवासिय सुविधा सहित कक्षा १ देखि कक्षा १२ सम्म पठनपाठनको व्यवस्थाको लागि आवासिय छात्रावासमा बसी अध्ययन गर्ने अभिभावक विहिन बालबालिकाहरू मध्ये बार्षिक परीक्षामा उत्कृष्ट हुने छात्र/ छात्रा १/१ जना लाई अक्षय कोषबाट बार्षिक रूपमा प्राप्त हुने व्याज रकम बाट पुरस्कार बितरण गर्ने गरी रकम रू १ लाख रूपियाको अक्षयकोष स्थापनाको लागि बिद्यालय लाई हस्तान्तरण गरियो।
‘श्रीमानको सम्झनालाई जीवन्त राख्न चाहन्छु।मेरो परिवारको तर्फबाट स्थापना गरिएको अक्षयकोष उनकै सम्झनामा समर्पण गरिएको छ’,श्रेष्ठले भनिन, ‘पढ्न नपाएकाले सजिलै पढ्न पाउन,सधैँ स्मरण गर्ने माध्यम बनोस्।’
तस्बिर : " मुक्ति माध्यामिक बिध्यालयमा राजन कक्षपति स्मृती पुरस्कार अक्षयकोष" रकम हस्तान्तरण गर्दै संरक्षक अनुपराज कक्षपती र प्युठान नगरपालिकाका सस्थापक नगर प्रमुख अर्जुनकुमार कक्षपती
अक्षयकोषको संरक्षकमा अनुपराज कक्षपति रहेका छन्।
रकम कक्षपतिले शुक्रबार विद्यालयका प्र.अ दामोदर बिष्ट र बिध्यालयका कर्मचारी याम बहादुर खत्रीलाई हस्तान्तरण गरेका हुन् ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बिजुवारमा अक्षयकोषको खाता खोलिने छ र रकम त्यही खातामा राखिनेछ।
युवा व्यावसायि तथा समाज सेवामा सक्रिय राजन कक्षपतिको २०८० सालमा आकस्मिक देवासन भएको थियो।
प्रतिक्रिया राख्नुहोस्