जनताको काम गर्दा गर्दै माण्डबि गाउँ पालिकाका अध्यक्ष रोका लाई कोरोना संक्रमण

जनताको काम गर्दा गर्दै माण्डबि गाउँ पालिकाका अध्यक्ष रोका लाई कोरोना संक्रमण

राम बहादुर बिश्वकर्मा
प्युठान,माण्डबी गाउँपालिकाका अध्यक्ष  श्रीधर रोकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बैशाख  २६ गते एन्टिजिन परिक्षण गर्दा अध्यक्ष रोकामा कोरोना संक्रमण पुष्टि भएको पालिकाका प्रमुख प्रसासकीय अधिकृत शिशिर रिजालले जानकारी दिनुभयो ।

कोभिडको बिरुद्धमा कुनै समय अध्यक्ष  आफैले ‘म मरे केही छैन, गाउँबासीलाई बचाउन सडकमा आए’ भन्दै दिनरात जनतालाई संक्रमणबाट जोगाउनका लागि खट्ने क्रममा आफै कोभिड पोजेटिभ हुनु भएको हो।

अध्यक्ष रोकाले जनताको काम गर्दा गर्दै आफुमा कोरोना संक्रमण भएको बताउनुभएको छ ।
नागरिकको हरेक गुनासाहरु सुन्ने क्रममा  गाउँ, टोल बजार देखि प्रदेश र केन्द्रसम्म पनि पुगेको स्वीकार गर्नुभएको छ । उहाँले गाउँपालिकाको सिमित बजेटले मात्रै पालिकाको विकास हुन नसक्ने भएकोले विभिन्न योजनाहरु लिएर आफु केन्द्र र प्रदेशसम्म पुगेको बताउनुभयो।

आफु हरबखत जनताकै काममा लागि परेकाले काम विशेष बाहेक गाउँपालिका बाहिर नगएको स्वीकार गर्नुभएको छ । उहाले भन्नुभयो-,‘मलाई कुनै लक्षण छैन, कहाँ कसरी संक्रमण भएको आफै अच्चममा छु ।’मेरो सम्पर्कमा रहेका सम्पूर्णलाई होम आइसोलेसनमा बसिदिनु हुन अनुरोध गर्दछु ।"उहाँले सबै गाउँपालिकावासी लाई सतर्कता अपनाउन आग्रह समेत गर्नुभएको छ ।

मलाई केही दिन अगाडी ज्वरो आएपछि म,मेरो एन्टिजिन परिक्षणमा रिपोर्ट पोजिटिभ आएको छ ।’सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै कोरोना संक्रमण संक्रमण सरेको उहाले बताउनुभयो ।