राम बहादुर बिश्वकर्मा
प्युठान,गौमुखी गाउँपालिकाले राष्ट्रिय परिक्षा बोर्ड बाट लिइने कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । केही दिन अघि प्रकाशित नतिजा अनुसार गौमुखी मा बि गौमुखी ५ खुङ ठुलाबेशी बाट ३.६३ जीपीए ल्याउन सफल हिमाल गिरीलाई गौमुखी गाउँपालिकाले सम्मान गरेको हो।
तस्बिर : हिमाल लाई १२ कक्षामा प्युठान जिल्ला प्रथम गराउने गौमुखी माविको आकर्षक भवन
साधारण धारतर्फ प्युठान जिल्ला प्रथम हुन सफल भएको भन्दै गिरीलाई गाउँपालिकाले गाउँपालिकाको आ ब २०८०/०८१ को वार्षिक प्रगती समिक्षा कार्यक्रममा सम्मान गरेको हो।
गिरीलाई गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी,उपाध्यक्ष महाबिर राना र प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम पौडेलले सम्मान पत्र र खादा सहित सम्मान गर्नु भएको थियो।
तस्बिर : हिमाल गिरीलाई सम्मान गर्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी,उपाध्यक्ष महाबिर राना लगायत
साथै जिल्लाकै उत्कृष्ट हुन सफल बिध्यार्थी गिरीलाई पालिकाले नगद १ लाख रकम प्रदान गर्ने समेत निर्णय गरेको छ।
कार्यक्रममा बधाई ज्ञापन गर्नुहुँदै पालिका अध्यक्ष बिष्णु कुमार गिरीले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताउनुभयो । प्राप्त नतिजाले सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अङ्क ल्याएर विद्यार्थी उत्तीर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह भएको बताउनुभयो।
त्यस्तै पालिका उपाध्यक्ष महाबिर रानाले जिल्लाको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा गौमुखी मा.विको नाम लिन पाउँदा निकै खुशी लागेको बताउनुभयो।उहाँले विद्यालयको शानलाई निरन्तर राख्न शिक्षक एवम् विद्यार्थीलाई महेनत गर्न नछोड्न आग्रह गर्नुभयो।साथै उहाँले पछिल्लो समय कक्षा १२ पश्चात् उच्च शिक्षा अध्ययनका लागि विदेशीने परम्पराको अन्त्य गर्न समेत विद्यार्थीलाई अनुरोध गर्नुभएको थियो ।
तस्बिर : यी हुन प्युठान जिल्ला बाट कक्षा १२ मा प्रथम हुने गौमुखी मा.बि का हिमाल गिरी
तस्बिर : प्युठान जिल्ला बाट कक्षा १२ प्रथम हुने हिमाल गिरीलाई गौमुखी गाउँपालिका बाट प्रदान गरिएको प्रसंसा पत्र
गौमुखी मा.वि मा हाल ७ सय ८५ जना विद्यार्थी अध्ययनरत छन्।शैक्षिक क्षत्रमा मात्रै नभई अन्य विभिन्न क्रियाकलापमा पनि जिल्लामा नै उत्कृष्ट विद्यालयका रुपमा गौमुखि मा.विलाई चिन्ने गरिन्छ ।उक्त विद्यालयबाट शैक्षिकसत्र २०८० मा १ सय ७० जनाले परीक्षा दिएकामा ६८ उतिर्ण भएको विद्यालयका सहायक प्रध्यानाध्यापक जायश्वर जैशिले जानकारी दिनुभयो।उहाँका अनुसार अनुत्तीर्ण संख्या छैन बाकी १ सय २ जनाले पुरक दिन पाउनेछन् ।
प्रतिक्रिया राख्नुहोस्