प्युठान,जिल्ला प्रशासन कार्यालयले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै मदिराजन्य पदार्थको बिक्री,वितरण,ओसारपसार तथा सेवनमा अस्थायी प्रतिबन्ध लगाएको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार निर्वाचनलाई स्वच्छ,निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले उक्त निर्णय गरिएको हो।जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा फागुन १५ गते राति १२:०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण,ओसारपसार तथा सेवनमा पूर्ण रोक लगाइएको उल्लेख गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माद्वारा हस्ताक्षरित रहेको सूचना अनुसार निर्वाचन प्रक्रियालाई प्रभावमुक्त,मर्यादित र व्यवस्थित बनाउन सबै राजनीतिक दल,उम्मेदवार,व्यवसायी तथा सर्वसाधारणको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्