प्यूठान,लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सराेज थापा (राेज राणा) ले प्रेस जगतले लाेकतन्त्र ,बिधिकाे शासन र सामाजिक न्यायका पक्षमा कलम चलाउनुपर्ने बताउनुभएको छ।
नेपाल तरुण दल प्यूठानले सङ्गठन र नेपाल प्रेस युनियनबाट पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने ब्यक्तिहरुकाे सम्मानका लागि आज जुम्रीमा आयाेजित कार्यक्रममा बाेल्दै थापाले आफ्नाे पार्टीले लाेकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा काम गरेकाे बताउँदै सामाजिक सन्जालमा आउने मिथ्या समाचारले नागरिकमा भ्रम सृजना गरेकाे बताउनुभयो।
पत्रकारले सत्य तथ्य सूचनामा आधारित रहि लोकतन्त्रका लागि मिडिया निर्भिक भएर कलम चलाउन पर्ने मन्त्री थापाको आग्रह छ। पछिल्लो समय पुराना पार्टीहरुले केही काम गरेका छैनन् भन्ने जस्ता लगत भाष्यहरु आईरहेकाले यसबाट बिचलित नभई काम गरेर देखाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई मजबुत बनाउन पार्टीका कार्यकर्ता, तरुण दल लगायत सम्बद्व संगठनलाई सक्रिय हुन समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्