सीता बि.क
प्युठान,प्रेस चौतारी नेपाल,प्युठान अधिवेशनमा जुटेको छ।
बिजुवारमा फाल्गुन १ गते हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।बिजुवारमा सोमबार जिल्ला कार्यसमितिको बैठक बसेर फागुन १ गते विश्व रेडियो दिवसका दिन जिल्लाको आठौं अधिवेशन गर्ने तयारी थालेको हो।
शाखाका अध्यक्ष बासुदेव गिरीको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारीको प्रमुख आतिथ्यता बसको बैठकले विभिन्न ४ उपसमिति पनि गठन गरेको छ ।
अध्यक्ष बासुदेव गिरीको संयोजकत्वमा आर्थिक सहयोग संकलन उपसमिति,उपाध्यक्ष शिवा रेग्मिको संयोजकत्वमा कार्यक्रम ब्यबस्थापन उपसमिति,सदस्य तेजेन्द्र बिएमको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति,केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारीको संयोजकत्वमा पुरस्कार छ्नोट उपसमिति गठन गरिएको छ।
बैठक सम्पन्न पश्चात् लिएको तस्बिर
अधिबेशनमा प्युठानको पत्रकारिताको चुनौती र अवसर,संगठन सुदृढीकरण लगायतका बिषयमा बृहत छलफल हुने शाका अध्यक्ष गिरीले बताउनुभयो। उहाँका अनुसार अधिबेशन भव्यरुपमा सम्पन्न गर्ने गरि तयारी शुरु गरिएको छ।
बैठकका प्रमुख अतिथी प्रेस चौतारीका केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारीले प्रेस चौतारी नेपाल पार्टीका सबै जन वर्गिय सङ्गठनहरूको पनि नेता सङ्गठन भएको बताउनुभयो।
प्रेस चौतारीका नेता कार्यकर्ताले पार्टीका नीति, निर्णयलाई कार्यकर्ता र सदस्य स्तरमा सहजै पुर्याउने सशक्त माध्यम भएका नेताहरूको सङ्गठन हो सदस्य भण्डारीले भन्नुभयो, यो सङ्गठनमा आबद्ध नेता कार्यकर्ताले समाचार,सामाग्रीका माध्यमबाट पार्टीको पक्षमा र पार्टीले लिएका जनहितकारी नीतिका बारेमा समाचार सामाग्री सम्प्रेषण गर्नलाई अझ जोड दिनुपर्छ।’पत्रकारितामा कलम चलाएर लामो अनुभव बटुल्नुभएका भण्डारीले पत्रकारिता पेसाको मर्म र अवस्थालाई राम्रोसँग बुझेको बताउँदै पत्रकारले आफूलाई प्रविधिसँग घुलमिल बनाएर अघि बढ्नुपर्ने बताउनुभयो।प्रेस चौतारी श्रमजीवी पत्रकारहरुको छाता संगठनको रुपमा उल्लेख्य भुमिका खेल्दै आएकोले आठौं अधिवेशन सम्पन्न गर्ने गरि तयारीमा जुट्न समेत शाखालाई आग्रह गर्नुभएको थियो।
त्यस्तै प्रेस चौतारीका पुर्ब अध्यक्ष बिजय सिह भारतीले संगठन सुदृढीकरणका लागि आवश्यक सल्लाह सुझाव दिनुभएको थियो।
नेकपा एमाले पार्टिमा क्रियाशील भएर रचनात्मक एवम् सांगठनिक गतिविधि अगाडि बढाएको,संगठन प्रेस चौतारी नेपाल भएको दाबी समेत गर्नुभयो।
प्रतिक्रिया राख्नुहोस्