संघीय सांसद सूर्य थापा द्वारा आफूले अक्षारम्भ गरेको अम्मरसिंह माबि लाई ३ लाख ८ हजार रुपैया सहयोग

संघीय सांसद सूर्य थापा द्वारा आफूले अक्षारम्भ गरेको अम्मरसिंह माबि लाई ३ लाख ८ हजार रुपैया सहयोग

राम बहादुर बिश्वकर्मा
प्युठान,बिध्यालय जिवनका हरेक वर्ष एक एक खुटकिलो चढ्दै बिताएका पल। ती पलमा गरेका बदमासी,हासीमजाक,खेलकुद सबैलाई प्यारो लाग्छ ती पलहरुको सम्झना।स्कुले जीवनमा सामान्य लाग्ने ती पलहरु उमेर चढ्दै जाँदा स्वर्णिम सम्झना बन्दछन्। अनि लाग्दछ -आहा! फेरि स्कुले जीवनमा फर्किन पाए।
स्कुल तह सक्काएर उच्च शिक्षाका लागि आफ्नो गन्तव्यतिर अघि बढेका विद्यार्थीहरु विविध विषयमा दक्षता हासिल गर्ने दौडमा लाग्छन्। चिकित्सक,प्राविधिक,कलाकार,राजनितीज्ञ,लेखकव्यापारी,पत्रकार,वकिल,सरकारी सेवा,बैंकिङ।आफ्नो क्षेत्रको व्यावसायिक धर्म निर्वाह गर्दा गर्दै जीवनले कसैलाई कता पुर्‍याउँछ,कसैलाई कता।निजी होस् वा सरकारी अथवा सामुदायिक विद्यालय,जीवनले जसलाई जता पुर्‍याए पनि विद्यालय र विद्यार्थीकालका साथीहरु सधैँ आत्मीय हुन्छ। जतिसुकै उच्च ओहदामा पुगे पनि,जतिसुकै उच्च शिक्षा हासिल गरे पनि,जतिसुकै धन सम्पत्ति कमाए पनि,जीवनको प्रारम्भिक ज्ञान हासिल गरेको विद्यालय र ज्ञान दिने गुरुहरुका सामु शिर सधैँ नुहुने गर्दछ। भनिन्छ विद्याधनं सर्व धनं प्रधानं जीवनको प्रारम्भिक शिक्षारुपी धन कहिल्यै नरित्तिने सर्वोत्तम धनमा पर्दछ। यो विद्यालय र गुरुहरुले प्रति हरेक विद्यार्थीले बोक्ने ऋण हो जुन कहिल्यै तिरेर सकिँदैन।

पूर्व विद्यार्थीहरुको उदारताको उदाहरण हुन प्रतिनिधि शभा सदस्य सूर्य थापा।
थापाले झिम्रुक गाउँपालिका १ सौतामारे स्थित आफूले अक्षारम्भ गरेको अम्मरसिंह मा.बि लाई ३ लाख ८ हजार रुपैया सहयोग प्रदान गरेका छन् ।
बिध्यालय स्थापनाको ५५ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अबसरमा थापा परिबारले सहयोग प्रदान गरेको हो।बिध्यालयको समग्र बिकासमा सहयोग पुग्ने उद्देश्यले सहयोग प्रदान गरेको थापा परिवारले जनाएको छ। 
आमा खिमाक्वारी थापा,पत्नी सुबर्ण वलि,
दाजु कृष्ण थापा,बिष्णु थापा,भाइ चन्द्र थापा,बहिनी बिमला थापा कुवर,सर्मिला थापा गिरी सहित परिवारका अन्य सदस्यहरूको उपस्थितिमा बिध्यालयलाई चेक हस्तान्तरण गरेका छन।
बिध्यालयको सस्थागत बिकासका लागी रु ३ लाख ८ हजार रुपैयाको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष ध्रुव खनाललाई हस्तान्तरण गरिएको हो।
थापाले आफू पढेको विद्यालयका लागि देखाएको उदारताका मात्र होईन उक्त बिध्यालयले आयोजना गरेको स्वोर्ण महोत्सवको अबससरमा ४२ लाख बराबरको कम्प्युटर सहित ल्याबजन्य सामाग्री प्रदान गरिसका छन् ।अमरसिंह माबी सहित जिल्ला  स्थित सामुदायिक विद्यालयलाई आर्थिक र भौतिक सहयोग गरेको थुप्रै उदाहरणहरु भेटिन्छन्।
बिध्यालयका अध्यक्ष खनालले प्राप्त रकमको सहि सदुपयोग गर्ने प्रतिवद्वता जनाए।