प्युठानमा पौष ५ गतेदेखि महोत्सव हुने,स्थानीय उत्पादन र पर्यटन विकास हुने अपेक्षा

प्युठानमा पौष ५ गतेदेखि महोत्सव हुने,स्थानीय उत्पादन र पर्यटन विकास हुने अपेक्षा

राम बहादुर बिश्वकर्मा
प्युठान,“कृषि,पर्यटन,उद्योग र व्यापार,समृद्ध नगरको बलियो आधार” भन्ने मुल नाराका साथ प्रथम भित्रिकोट महोत्सव सञ्चालन गरिने भएको  छ।
प्युठान उद्योग बाणिज्य संघ प्युठान नगर इलाकाको आयोजनामा २०८१ पुस ५ गते देखि १७ गतेसम्म चल्नेगरी १६ दिने प्रथम भित्रीकोट महोत्सव आयोजना गरिएको हो।
आइतवार पत्रकार सम्मेलन गर्दै उद्योग बाणिज्य संघ प्युठान नगरपालिका बजार इलाकाका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक प्यार अलि खानले पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पुग्ने र प्राप्त आम्दानीले नगर क्षेत्र बजार इलाका सचिवालय निर्माण गर्ने महोत्सवको उद्देश्य रहेको बताए।
'महोत्सव सकिएको एक महिना भित्रै हामीले आम्दानी खर्च सार्बजनिक गरि सचिवालय भवन उद्घाटन गर्ने छौँ अध्यक्ष खानले भने-'महोत्सव मैदान भित्र जिल्लाको कला,संस्कृति,जीवनशैली र स्थानीय उत्पादनलाई प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा सहित  आयोजना गरिएको हो।"
महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने लक्ष्य राखेको छ। महोत्सवको अबधिभर जिल्लाका प्रशिद्द पर्यटकीय सम्पदा,पूर्खाले सिर्जेका अमूल्य सम्पदाहरूको संरक्षण,प्रवर्धनका लागि तयार गरिएको डकुमेन्ट्री प्रदर्शन गरिने छ।यसैगरी महोत्सवका अवसरमा जिल्ला स्थित लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउन प्युठान डान्स आइडल चरण २ समेत सञ्चालन हुनेछ । 
जिल्लाका सबै स्थानिय तहहरुमा उत्पादन गरेका कृषि उपजलाई स्टल सम्म ल्याउन निशुल्क व्यवस्था गर्न आयोजकले अनुरोध गरेको छ । सबै स्थानिय तहको विशेष खालमा कृषिजन्य वस्तुलाई विक्रि गर्नका लागि कृषकलाई नि:शुल्क स्टल उपलब्ध गराइने र जिल्लाका उद्यमि ब्यबसायीले ५० प्रतिशत छुटमा स्टल पाउने व्यवस्था र सर्बसाधारणका लागि ८० रुपैया टिकट शुल्क लाग्ने छ भने विद्यार्थीलाई ५० रुपैया र जेष्ठ नागरिक,असाय,अशक्तहरुको लागि निशुल्क रुपमा महोत्सव प्रवेश गर पाउने व्यवस्था मिलाएको आयोजकले जनाएको छ।
कार्यक्रमको सहजीकरण तथा सन्चालन उद्योग बाणिज्य संघ प्युठान नगरपालिका इलाकाका सचिव कमल पौडेलले गरेका थिए।