राम बहादुर बिश्वकर्मा
नखाऔ चुरोट,जाड रक्सी गाजा
मर्छन युवा अकालमा नजान्दा।.......यति राम्रो कानुन बन्या छ,बालबिबाहको उजुरी नगर्दा त्यही भएर दुख पाइया छ।
यो हो बाल बिध्या मावि मरन्ठाना मजुवामा गन्दर्भ बिकास समाज प्युठानका कलाकारहरुले प्रस्तुत गरेको चेतनामुलक गित।
सारंगीको धुनमा माया प्रेमका गीतहरु गाउने गन्दर्भ समुदाय अहिले जनचेतनामूलक गीत गाउन थालेका छन्।
मध्यान्तर समय अर्थात(बालबालिकाको खाजा समय),गृष्म ऋतुको रापिलो घामले बिध्यालयको प्राङ्गणमा रहेको स्वामिको बोटको छहारीमा सुस्ताउँदै बसेका बिध्यार्थिरुलाई गन्दर्भ बिकास समाज प्युठानको टिमले गाएका माथिका गीत हरफहरुले मन्त्रमुग्ध बनाउँदै थिए।
सारङगीको र्याईर्याई र सुरिलो स्वर सुन्न बिध्यार्थिहरु चटकेले देखाईरहेको चटक हेर्नझै गोलबद्ध भएर गीतको धुन र भाका सुनिरहेका थिए।गन्दर्भहरुले गितको माध्यमबाट चेतनामूलक शन्देस छरिरहदा बालबालिका छमछ्मी नाच्न समेत पछाडी परेनन्।सांस्कृतिक कार्यक्रममा बिध्यार्थिहरु कतिवेला निकै भावुक त कतिवेला निकै हर्षित हुने गरेका थिए।
गन्दर्भ समाज प्युठानका अध्यक्ष समेत रहेका धुर्ब गन्दर्भको टिमले प्रचण्डगर्मीले रत्तिएका कलिला बालबालिका लाई सारङगीको सुरिलो स्वरले मनोरञ्जन दिईरह्यो।
गितको माध्यम बाट उनिहरु भन्छन् सारङगी त राष्ट्रकै गहना हो।त्यही सारङ्गी सबको माझ किन आज हेला भो? संस्कृति जोगाउन र जीवीकोपार्जन गर्न सारङगी चलाएका हो।,पुर्खौदेखि परम्परागतरुपमा गन्दर्भ समुदायले पेशाको रुपमा अंगाल्दै आएको सारङगी बजाउने पेशा अहिले लोप हुँदै गएको छ।"उक्त टिमले सारंगीको धुनसँगै बाल बिबाह न्युनिकरण तथा लागू औषध र वन डडेलो न्यूनीकरणमा ध्यान दिन सबैलाई अनुरोध गर्यो।
समाज परिवर्तनमा संगीतकाे भुमिका महत्वपूर्ण हुने बिध्यालयका प्रध्यानाध्यापक केशु गिरीले बताए।नेपाली गित संगितले यर्थातलाई झल्काउन सक्नुपर्छ।समाजमा घटेका घटनालाई प्रत्यक्ष संगितमा उर्तार्न सक्नुपर्दछ,उनि भन्छन्।गित संगितले समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
विभिन्न सामाजिक अभियानका नाममा ठूलो रकम खर्च गर्ने तर परिणाम संतोषजनक नदेखिने अहिलेको अवस्थामा यी गन्दर्भ समुदायका कलाकार लाई सामाजिक अभियानका कार्यक्रममा जोडेर अघि बढ्न सके समाज रुपान्तरण गर्ने चेतनामुलक कार्यक्रम प्रभावकारी बन्न सक्ने उनको बुझाई छ।
मध्यान्तर समय अर्थात(बालबालिकाको खाजा समय),गृष्म ऋतुको रापिलो घामले बिध्यालयको प्राङ्गणमा रहेको स्वामिको बोटको छहारीमा सुस्ताउँदै बसेका बिध्यार्थिरुलाई गन्दर्भ बिकास समाज प्युठानको टिमले गाएका माथिका गीत हरफहरुले मन्त्रमुग्ध बनाउँदै थिए।
सांस्कृतिक कार्यक्रममा बिध्यार्थिहरु कतिवेला निकै भावुक त कतिवेला निकै हर्षित हुने गरेका थिए।
नेपाली गित संगितले यर्थातलाई झल्काउन सक्नुपर्छ।समाजमा घटेका घटनालाई प्रत्यक्ष संगितमा उर्तार्न सक्नुपर्दछ,उनि भन्छन्।गित संगितले समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
विभिन्न सामाजिक अभियानका नाममा ठूलो रकम खर्च गर्ने तर परिणाम संतोषजनक नदेखिने अहिलेको अवस्थामा यी गन्दर्भ समुदायका कलाकार लाई सामाजिक अभियानका कार्यक्रममा जोडेर अघि बढ्न सके समाज रुपान्तरण गर्ने चेतनामुलक कार्यक्रम प्रभावकारी बन्न सक्ने उनको बुझाई छ।
प्रतिक्रिया राख्नुहोस्