राम बहादुर बिश्वकर्मा
प्युठान,सानो घर,घरको छेवैमा र आँगनमा सायद गाईवस्तु र कुखुराको लागि बनाईएको दुईवटा छाप्रो,त्यही घरमै खाना बनाएर खाने चुलो,पिढीको अर्कोपट्टि गाँसिएको एउटा सानो छाप्रो,छाप्रोभित्र चार खुट्टे काठको खाटमाथि ओछ्याएको पुरानो तन्ना,भित्तामा टाँगीएको डोरीमा झुन्ड्याईको थोत्रा कपडा ! सरसर्ती हेर्दा निकै हृदय विदारक लाग्ने यो घर ६५ वर्षीय ललिता सुनारको हो।
प्युठान नगरपालिका -९ मरन्ठाना बेवरे स्थित उक्त घरमा जसोतसो गुजारा गर्दै थिए जन्मजात नै अपाङ्ग सुनार परिवार।उक्त घर हेर्दा जति उदेक लाग्दो छ त्यो भन्दा चार गुणा बढी उदेक त सुनार परिवारको दु:ख र पिडा देख्दा लाग्थ्यो।६५ वर्षिय ललिता सुनार नाती-नातिना खेलाएर शान्तिको श्वास फेरेर बस्नु पर्ने उमेर,त्यो खुशी त परको कुरा उल्टो तीन/तीन जना अपाङ्ग छोरा बुहारी नातिहरु स्याहारेर बस्नु पर्दा उनको जीवनमा खुशी र शान्ति भन्ने कुरा एकादेशको कथा जस्तै भएको थियो।
अपाङ्ग नै भए पनि लामो समयदेखि मानसिक सन्तुलन गुमाएका आफ्नो मुटुको टुक्रा एक छोरा नातिहरुको मुख हेरर उनीहरुलाई स्याहार गर्दै जसोतसो खुशी हुने कोसिस गर्दै आएकि ललिताको परिबारमा फेरी अर्को बज्रपात पर्यो। अपांग छोरा रुमलाल सुनारको जेष्ठ १० गते देवासन हुन पुग्यो।
अब उनीहरुको परिवारमा एकले अर्कोको मुख हेरेर चित्त बुझाउनु बाहेक केहि छैन सामाजिक सस्कार पूरा गर्ने उद्देश्यले मृतक सुनारका श्रीमति रेखा,छोरा दिनेश र मौषम क्रिया बसिरहेका थिए।
जब क्रिया बसेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सम्प्रेषण गरियो तब सुनारको परिवारको निकै नै दर्दनाक अवस्था देखेर रोजगारीको सिलसिलामा मलेसिया पुगेका बिकास जि.सि को पहलमा रामचन्द्र जि सि,गोर बहादुर जि सि(मीन बहादुर),प्रदिप थापा बाट कृया खर्च स्वरुप २५ हजार रकम संकलन गरि ललिताको बैक खातामा जम्मा गरिदिएका छन् ।
हामी प्रवासमा रहेका नेपालीहरूले उपलब्ध गराएको सहयोगले शोकमा रहेका परिवारलाई केही राहत मिल्ने बिकास जि सि ले विश्वास व्यक्त गरे । त्यस्तै जि.सि ले जन्मभूमिमा परेको आपत् विपदमा प्रवासमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आइरहेको र भोलिका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।सहयोग रकम आफ्नो खातामा आएको जानकारी प्राप्त भए पश्चात् परिबारको पिडालाई बुझेर टाढा बाट पनि छिमेकि यी बाबुहरुले गरेको सहयोगले आफूलाई क्रिया खर्चमा राहत मिल्ने आमा ललितले बताइन् ।
साथै परिबारको पिडामा मलम लगाउन सहयोग गर्ने छिमेकी युवाहरुलाई आशीर्वाद समेत दिएका छिन।
यदि तपाईहरु पनि ललिताको हातमा हात मिलाएर सुनार परिवारलाई सहयोग गर्न चाहनुहुन्छ भने ललिता सुनारको खाता नम्बर: 02501200123353000001-Jyoti Bikas Bank मा सक्दो सहयोग गर्न सक्नुहुन्छ।
प्रतिक्रिया राख्नुहोस्