प्युठान,अस्पतालमा चिकित्सकको लापारवाहीले सुत्केरीको ज्यान गएकोले
स्थानिय तथा मृतकका आफन्तहरुले जिल्ला अस्पताल बिजुवारमा धर्ना दिएका छन।
झिमरुक गाउँपालिका-७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति मृत्यु भएको हो ।
शिशु (छोरा)को अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । अनिसाको तस्वीर अंकित ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरुले अनिसालाई न्याय दे लगायतका नारा लगाएका छन् ।
आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान उनीहरुले लिएका छन् ।
चिकित्सकको गल्तीले अनिसाको ज्यान गएको भन्दै श्रीमान तथा परिवारका आफन्त जनहरुले चिकित्सकलाई कारबाही गर्न माग गर्दै अस्पतालमा प्रदर्शन समेत गरेका छन।
पीडित प्रभावित परिवारका सदस्यहरुले विरोध गरेपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको छ।
सम्भावित घटनालाई रोक्न अस्पतालमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
चिकित्सकले पहिलो शल्यक्रिया गरि अनिसाले गत बिहीबार बच्चा जन्माएकी थिइन।
चिकित्सकले लापारवाही गरेको कारण अनिसाको मृत्यु भएको उनका श्रीमान सुदन थापाले आरोप लगाएका छन् ।
उपचार यहीँ हुन्छ भन्दै राखेर अन्तिम समयमा रिफर गर्नु अस्पतालको लापरवाही भएको थापाको भनाइ छ ।
व्यथा लागेपछि अनिसालाई बिहिबार अस्पतालमा भर्ना गरिएको थियो । समान्य रुपमा सुत्केरी हुने अवस्था नरहेको भन्दै अस्पतालमा सल्यक्रिया गरिएको थियो। तर, शल्यक्रिया पछि रक्तश्राव नरोकिए पछि अनिसालाई समस्या भएको थियो ।परिवारका सदस्यहरुले रक्तश्राव नरोकिएको र पेटमा समस्या देखिएको भन्दै अस्पतालका नर्सलाई जानकारी गराएका थिए ।
अनिसाको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पतालका चिकित्सकले शनिबार राति २ बजे बुटवल रिफर गरेका थिए ।तर दाङको भालुबाङ पुग्दा उनको मृत्यु भएको मृत्यु भएको परिबारले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्