सीता बि.क
प्युठान,उद्यम विकास सहजकर्ता संघ प्युठानको अध्यक्षमा शारदा बिश्वकर्मा चयन हुनुभएको छ।
उद्यमशिलताको माध्यमबाट रोजगारी सृजना र जिविकोपार्जनमा सेवा प्रदान गर्ने मुख्य प्राविधिक जनशक्ति उद्यम विकास सहजकर्ताहरुको जिल्ला छाता संघको शनिबार सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले बिश्वकर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
अधिवेशनले बिश्वकर्माको अध्यक्षतमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा धन बहादुर गोतामे,सचिवमा धना मगर र कोषाध्यक्षमा सीता बि.क रहनुभएको छ। यसैगरी समितिको सदस्यहरुमा सीता बि.क,दिपा पुन,संगिता नेपाली,शान्ता सुनार,कमला रसाइली र पदेन सदस्यमा शान्ता बिश्वकर्मा रहनुभएको छ।
तस्बिर :उद्यम विकास सहजकर्ता जिल्ला संघ प्युठानको नवनिर्वाचित टिम
उद्यम विकास सहजकर्ता उद्यम तथा व्यवसायको क्षेत्रका लागि उद्यम सृजना गर्न सहजीकरण गर्ने दक्ष जनशक्ति मानिएपनी उचित ब्यबस्थापनमा राज्यले बेवास्ता गरेको नव गठित संघका अध्यक्ष बिश्वकर्माले बताउनुभयो।
साथै बिश्वकर्माले आफ्नो कार्यकालमा उद्यम बिकास सहजकर्ताहरुको क्षमता बिकास,सस्थागत बिकास,उद्यम विकास सहजकर्ताको हक अधिकारका लागि विभिन्न निकाय सङ्ग आबश्यक समन्वय गरि जिल्ला संघ लाई थप शसक्त भुमिका खेल्नेमा प्रतिबद्धता ब्यक्त गर्नुभयो।
शनिबार आयुष्मा होटलमा बरिस्ठ उद्यम बिकास सहजकर्ता राममणी थापाको सभापतित्वमा संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको थियो। सभाका प्रमुख अतिथि उद्यम बिकास सहजकर्ता केन्द्रिय महासंघका अध्यक्ष शान्ता बिश्वकर्मा रहनुभएको थियो।
कार्यक्रममा जिल्लामा रहेका उद्यम विकास सहजकर्ताहरुको सहभागीता रहेको थियो।
अधिबेशनमा उद्यम बिकास सहजकर्ता महासंघका अध्यक्ष बिश्वकर्माले देशभरका सहजकर्ताहरुले पालिकामा काम गर्दा समस्या भोग्ने गरेको र ति समस्या समाधान का लागि निरन्तर आफु लागिपरेको बताउनुभयो।
त्यस्तै उहाँले सबै सहजकर्ताहरु संघमा आबद्द भएर मेड्पा कार्यक्रमलाई प्रभावकारी बनाउन एकजुट भएर महासंघलाई सहयोग गर्नु पर्ने उहाँको भनाई थियो।
प्रतिक्रिया राख्नुहोस्