नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल सम्मानित

राम बहादुर बिश्वकर्मा 
प्युठान,नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल सोमबार सम्मानित हुनुभएको छ।गाउँपालिकाको २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रमको अवसरमा पालिकामा गरेको योगदानको उच्च मूल्याकंनको कदर गर्दै प्रमुख प्रशासकीय अधिकृत पौडेललाई सम्मानित गरेको हो।
पालिकाले कर्मचारीको मनोबल उच्च पार्न केहि सूचक निर्धारण गरेर सम्मानको कार्यक्रम अघि बढाएको गाउँ पालिका प्रशासनले जनाएको छ। गाउँपालिकाले निर्धारण गरेको सूचक मध्य प्राथमिकतामा विकास,समृद्धि,सुशासन,सेवा प्रवाहलाई राखेको छ।यस्ता सूचकमा मूल्याकंन गर्दा गाउँपालिकामा प्रशासनिक भूमिकामा प्रमुख प्रशासकीय अधिकृत पौडेल अब्बल ठहर गरेको कार्यपालिकाको निष्कर्ष छ ।

तस्बिर :नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापा द्वारा उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल सम्मानित


गाउँपालिकाले गरेको उच्च मूल्याकनले काम गर्न थप उर्जा र हौसला प्रदान गरेको उल्लेख गर्दै पालिका अध्यक्ष दिल बहादुर थापा सहित जनप्रतिनिधि प्रति प्रमुख प्रशासकिय अधिकृत पौडेललेले आभार प्रकट गर्नुभएको छ।
सम्मान व्यक्त गर्दै पालिका अध्यक्ष दिल बहादुर थापाले पालिकामा पुर्‍याउनुभएको उल्लेखनीय सेवा,कुशल कर्मचारी व्यवस्थापन,सेवा प्रवाहको प्रभावकारिता,बजेट व्यवस्थापन तथा समग्र नेतृत्व क्षमताको कदरस्वरूप अधिकृत पौडेललाई सम्मान गरिएको बताउनुभयो।
प्रमुख प्रशासकिय अधिकृत पौडेल एक कुशल प्रशाशक हुनुहुन्छ अध्यक्ष थापाले भन्नुभयो "-उहाँको नेतृत्वमा पालिकाले प्रशासनिक सुधार,पारदर्शिता, वित्तीय अनुशासन र सेवाप्रवाहमा गुणात्मक सुधार हासिल गरेको आभास भएको छ। 
नौबहिनी गाउँपालिकाले यस आ. व. २०८१/०८२ मा चालू तर्फ ९३.५१ र पूँजिगत तर्फ ९६.९२ प्रतिशत खर्च कायम गरि जिल्लामै उत्कृष्ट स्थान हासिल गरेको छ ।