जनतासँगै श्रमदानमा खटिँदै वडा अध्यक्ष पुन

राम बहादुर बिश्वकर्मा 
प्युठान,जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला प्युठान नगरपालिकाका केही जनप्रतिनिधिले आफैँ अगुवा बनेर उदाहरणीय काम गरेका छन् । 
प्युठान नगरपालिका–६ का अध्यक्ष नरेन्द्र पुन यस्तै जनप्रतिनिधिमध्येका एक हुन्।अभिरल बर्षाका कारण  क्षेतबिच्छेद बनेको सडकले स्थानियलाई आवतजावत गर्न समेत कठिनाई भएकाले अध्यक्ष पुन अहिले स्थानीयवासीसँगै जनश्रमदानमा खटिइरहेका छन। लुप्लुङ्ग लम्च्याङ्ग,खोलिगाउ सडकखण्ड अन्तर्गत क्षेत्रमा अध्यक्ष पुनले जनतासँगै दिनभरि श्रम गरेपछि स्थानीयवासी पनि उत्साहित भएका छन् । स्थानियका अनुसार शनिबार वडाध्यक्षको नेतृत्व सहित जनतासँगै श्रम गरेर सडकको पहिरो फाल्ने काम भएको हो।
सडक मर्मतका लागि वडामा प्रयाप्त बजेटको अभाव भएको र सबै काममा वडाले नै गर्नुपर्छ भन्ने सोचको बिकासलाई अन्त्य गर्न र सामाजिक काममा सबैको योगदान आबश्यक छ भन्ने धारणा बिकास गराउने उद्देश्यले आफ्नो अगुवाइमा जनश्रमदान अभियान सञ्चालन गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो।“हप्तामा १ दिन जनश्रमदान गर्ने वडाको निर्णय बमोजिम हामी स्थानीय संगै काममा खटेको छौँ।”,वडाध्यक्ष पुनले भन्नुभयो,“हामी जनताको सेवा गर्न भनेर आएका हौँ,आफ्नो व्यक्तिगत कामलाई भन्दा बढी महत्व हामीले जनताको कामलाई दिनुपर्छ ।” 
अध्यक्ष पुन प्युठान नगरपालिका वडा नम्बर -६ नेपाली काङ्ग्रेस बाट अध्यक्षमा निर्वाचित हुनुभएका जनप्रतिनिधि हुनुहुन्छ। 
अत्यन्त सादगी जीवनशैली,काममा खटिरहने प्रवृत्ति, नम्र स्वभाव,मिलनसार र सहकार्यमा विश्वास गर्ने पुन जनताको कामका लागि जस्तोसुकै दुःख सहन पनि पछि नपर्ने सच्चा जनप्रतिनिधि भएको स्थानीयवासीले बताएका छन् । 
“६ नम्बर वडाले साँच्चिकै जनप्रतिनिधि पाएको छ, जनताको सेवा र सुविधाका लागि सधैँ खटिरहने जनप्रतिनिधि पाउँदा हामी धेरै खुशी छौँ”,माझकोटका ३५ वर्षीय गिरिराज खनालले भने, “अध्यक्ष लगायत सबै जनप्रतिनिधि आफ्नो घरको काम छाडेर वडाको विकासमा खटिएका छन्। “अहिले नेपाली जनताको अपेक्षा पनि यही रहेको छ।आफूले मत दिएर जिताएका जनप्रतिनिधि गाउँको विकासमा लागुन्,पक्ष-विपक्ष नरहुन्,भ्रष्टाचार नगरुन्,निष्पक्षरूपमा जनपरिचालन गरेरै भए पनि गाउँको मुहार फेरुन्,शिक्षा,सडक,स्वास्थ्य,खानेपानी र सिँचाइजस्ता आधारभूत कुरामा अब हामीले धेरै सास्ती पाउन नपरोस् यही नै जनताको चाहना हो”,उनले भने।प्युठान नगरपालिका मध्ये पिछडिएको वडा भएकाले बजेट बिनियोजमा ६ नम्बर वडालाई प्राथमिकताता दिनुपर्ने खनालको धारणा छ।