सीता बि.क
प्युठान,प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा न ३ मा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । गाउँमा रहेका बृद्ध बृद्धा, अपाङ्गहरुलाई गाउमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो ।
गाउँपालिकामा रहेको साइन रेसुङ्गा बैकंसम्म पुग्न नसक्ने नागरिकहरुलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको वडा न ३ का वडा अध्यक्ष नोमराज पौडेलले बताएका छन ।
जेष्ठ नागरिकलाई भत्ता बुझ्नका लागि सवारीसाधनमा आउँदा करिब २ हजार रुपियाँ भन्दा बढी खर्च हुने र कतिपय ठाउँबाट हिँडेर आउँदा एकैदिनमा भत्ता बुझेर फर्कन नसक्ने अवस्था भएकाले जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउन घरघरमा पुगेर सामाजिक भत्ता वितरण गर्न थालिएको वडाध्यक्ष पौडेलको भनाइ छ।वडाले बैङ्कसँगको सहकार्यमा बैङ्कका कर्मचारी,गाउँपालिकाका कर्मचारी,वडा कार्यालयका जनप्रतिनिधि परिचालन गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति,असहाय,एकल महिलालगायतका सबै सेवाग्राहीलाई बैंकिङ्ग प्रणालीमार्फत नै सामाजिक भत्ता उपलब्ध गराउन थालेको हो ।
घण्टौँ लगाएर कष्ठपूर्ण ढङ्गबाट सामाजिक भत्ता बुझ्न बैङ्कसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै मल्लरानी गाउँपालिका–३ का सेवाग्राही खुशी व्यक्त गरेका छन।
हिडेर बैकसम्म जान नसक्ने र गाउँमै गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्दा त्यहाका नागरिक खुसी भएका हुन।हिडेर जान नसकिने अबस्थामा वडा अध्यक्ष पौडेलले आफै गाउँमा गएर सामाजिक सुरक्षा बितरण गरेकोमा वडाबासीले धन्यबाद समेत ब्यक्त गरेका छन ।
वडाबासीहरुले थोरै रकमका लागि असक्त असाय र बृद्धबृद्धाहरु हिड्न कठिनाई हुने भएकोले गाउँमै सो रकम बितरण गरेको वडा अध्यक्ष पौडेलले बताएका छन।गाउँमै पुगेर सामाजिक सुरक्षा बितरण गर्दा त्यहाका नागरिकले स्थानिय सरकारको प्रत्याभुती समेत गरेको पाईएको छ ।
प्रतिक्रिया राख्नुहोस्