५८ औं अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अबसरमा  अन्तरक्रिया 

५८ औं अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अबसरमा  अन्तरक्रिया 

राम बहादुर बिश्वकर्मा
प्युठान,५८ औं अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस २१ -मार्च प्युठानमा  मनाईएको छ। 
राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा मनाईदै आएको जातिय विभेद उन्मुलन दिवस प्युठानमा दलित भेदभाव उन्मुलनमा सन्चारको भुमिका भन्ने बिषयकमा अन्तक्रिर्या गरि जुम्रीमा मनाईएको हो।
राष्ट्रिय दलित पत्रकार  संघ प्युठानको आयोजना,सुनचादी ब्यबसायी संघ प्युठानको सह आयोजना तथा प्युठान नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय दलित पत्रकार संघ प्युठानका अध्यक्ष लोकेन्द्र सुनारको  अध्यक्षतामा भएको कार्यक्रममा प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगि प्रमुख अतिथी रहनु भएको थियो भने प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल विशिस्ट अतीथी रहनुभएको थीयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख बिष्णु योगिले समाजमा रहेका सबै खाले हिंसा अन्त्‍यका लागि स्थानीय सरकार प्रयासरत भएको बताउनुभयो ।
समाजमा रहेको कुसंस्कार,कुरिति र अन्धविश्वास अन्त्य गर्न सन्चार जगतको ठूलो भुमिका रहन्छ,उहाँले भन्नुभयो"-सन्चार जगत सधै शक्ति र सरकारको प्रतिपक्ष बन्न आग्रह गर्दै दलित,महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्यका लागि आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने र समाजमा हुने विभेदहरुको अन्त्य गर्न र मर्यादित नेपाल निर्माण गर्नको लागि सबैले आ आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो।विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले जातका आधारमा मानिस बिच हुने भेदभाव अमानवीय कार्य भएको भन्दै बर्ग विभेद नहटे सम्म छुवाछूत र जातिय विभेद अन्त्य नहुने बताउनुभयो।
यस्ता व्यवहार कानुनी रूपमा अक्षम्य भए पनि संरचनात्मक मानसिकताका कारणले अझै पनि विद्यमान छ।उहाँले भन्नुभयो-" नितिनिर्माण,कार्यान्वयन र प्रतिफलमा दलितको सहभागीता रहन आबश्यक हुने भन्दै उपलब्ध कानुनी ब्यबस्थाको उपयोग गर्न उक्त समुदायलाई आग्रह गर्नुभयो ।कार्यक्रममा विभिन्न पार्टीका जनबर्गिय सङ्गठनका प्रतिनिधि, दलित अभियानता लगायत संचारकर्मी तथा पत्रकारहरुको सगभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासघ प्युठानका अध्यक्ष सन्जय रिजाल,सचीव प्रकाश बैद्द ,दलित अभियनता,नागरिक सरोकार केन्द्रका संयोजक सुमन सुवेदी,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामी  लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संघका उपाध्यक्ष कमल बि क को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिब बोम बहादुर परियारले गर्नु भएको थियो ।
त्यस्तै उक्त अबसरमा विभिन्न समयमा दलित आन्दोलनमा योगदान गर्नुभएका ब्यक्तिलाई सम्मान गरिएको छ। जसमा स्वर्गिय सुर्य बि क लाई मरणोप्रन्त सम्मान गरिएको छ भने जेष्ठ  सदस्य पेज बहादुर सुनार र गौमुखी गाउँपालिका निबर्तमान उपाध्यक्ष तुल्सा सुनारलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो।