स्थानीय उत्पादनको बजारीकरण र कला संस्कृतिको जगेर्ना गर्ने महोत्सवको उद्देश्य हो : महासचिव आचार्य 

स्थानीय उत्पादनको बजारीकरण र कला संस्कृतिको जगेर्ना गर्ने महोत्सवको उद्देश्य हो : महासचिव आचार्य 

राम बहादुर बिश्वकर्मा
प्युठान,नाफाको दृष्टिकोणले भन्दा पनि बजार पहिचान गर्ने र स्थानीय स्तरमा उत्पादित कृषिका सामग्रीको बजारीकरण र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्वर्गद्वारी प्युठान महोत्सवको आयोजना गरिएको प्युठान उद्योग बाणिज्य संघका महासचिव शन्देस आचार्यले बताए।

जिल्लामा उत्पादित कृषिजन्य वस्तु माछा,मासु, फलफूल,तरकारी,अदुवा,बेसार,मह आदिको विक्री वितरण एवं राष्ट्रिय स्तरमा प्रचारप्रचार एवं बजार विस्तारका लागि महोत्सवले सहयोग गर्ने छ,’आचार्यले भने,‘यसका साथै कला संस्कृति,धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्रको पहिचान गराउन महोत्सव आयोजना गरिएको हो।’
उद्योग बाणिज्य संघको आयोजनामा आउँदो फाल्गुन ४ गते देखि १४ गते सम्म गणतान्त्रिक खेलमैदान बिजुवारमा सन्चालन हुने पाचौं स्वर्गद्वारी प्युठान महोत्सवमा दैनिक १० हजार मानिसले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवबाट करिब ८ करोड रुपैयाँको आर्थिक कारोबार हुने लक्ष्य लिएको महासचिव आचार्यले बताए ।