प्युठान,स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव -२०७९ को मुख्य आकर्षणको रूपमा हेरिएको प्यूठान डान्स आइडल २०७९ ले जिल्लाका सबै स्थानीय तहमा पहिलो चरण अन्तर्गतको अडिसन सम्पन्न गरेको छ।
९ वटै पालिकामा पहिलो चरणको अडिसनबाट १ सय २२ जना प्रतियोगी छनौट भएको प्यूठान डान्स आइडल व्यवस्थापन समितिका संयोजक प्यार अलि खानले जानकारी गराए।
फागुन २ तथा ३ गते हुने दोश्रो तथा तेश्रो राउण्डबाट उत्कृष्ठ ३० जना प्रतियोगीले महोत्सवमा प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ।
‘जिल्ला भित्रका रहेका प्रतिभा छानेर ल्याएका छौं।’ संयोजक खानले भने, ‘अब उत्कृष्ठ छान्दै आइडल निकाल्ने हो।’
आइडल उपाधी जित्नेले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफि प्रमाण पत्र पाउने छ। दोस्रोले ३३ हजार ३ सय ३३ रुपैयाँ तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ, ट्रफी प्रमाण पत्र पाउने आइडल व्यवस्थापन समितिले जनाएको छ। प्रतियोगीको मूल्याङ्कन नृत्य निर्देशक सुशीला नेपाली तथा राजबाबु नेपालीले गर्दै आएका छन्।
निर्णायकको मूल्याङ्कन तथा महोत्सवमा मेला भर्न जाने दर्शकको भोटका आधारमा विजेता घोषणा गरिने आइडल व्यवस्थापन समितिले जानकारी दिएको छ।
स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव यहि फागुन ४ गतेदेखि १४ गतेसम्म गणतान्त्रिक खेल मैदान विजुवारमा आयोजना हुँदै छ।
प्रतिक्रिया राख्नुहोस्