धर्नामा निर्माण व्यवसायी-माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ : अध्यक्ष श्रेष्ठ 

माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ : अध्यक्ष श्रेष्ठ

धर्नामा निर्माण व्यवसायी-माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ : अध्यक्ष श्रेष्ठ 

सीता बि.क
प्युठान,निर्माण ब्यबसायी संघ प्युठानले आइतबार  जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
निर्माण कार्यको बाँकी वक्यौता रकम भुक्तानी,म्याद थप,मूल्य समायोजन,उपभोक्ता समिति खारेजी लगायतका माग राख्दै निर्माण व्यवसायी संघ निर्माण व्यवसायी महासंघ प्युठानको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेका व्यवसायीहरुले  विहान एक घण्टा धर्ना दिएका हुन्।माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने निर्माण व्यावसायि संघ प्युठानका अध्यक्ष नवीन कुमार श्रेष्ठले जानकारी दिनुभयो।
जिल्लाका राजनैतिक दलहरुलाई यसअघि नै ध्यानाकर्षण गराईएको छ।