सीता बि.क
प्युठान,दलित पत्रकार संघ नेपाल प्युठान शाखाले छैठौं स्थापना दिबस मनाएको छ।
नेपाल स्वयंसेवी रक्तदान समाज जिल्ला समितीको समन्वय,आशिका निर्माण सेवा प्युठान नगरपालिका ४ बिजुवारको सहयोगमा रक्तदान गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी बिजुवार शाखामा संचालित रक्तदान कार्यक्रममा स्वर्गद्वारी गौमुखी यातायात प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,रक्तदान नेपाल स्वयंसेवि रक्तदान समाजका केन्द्रिय सदस्य मनु लामा,प्युठान नगरपालिका कार्यपालिका सदस्य सुनिल सापकोटा,शाखा उपाध्यक्ष बोम बहादुर परियार लगायतले रक्तदान गर्नुभएको छ।कार्यक्रमका प्रमुख अतिथि प्युठान अस्पताल बिकास समितिका अध्यक्ष कृष्ण प्रसाद बस्याल ले स्थापना दिवसको अबसरमा रक्तदान जस्तो महत्वपूर्ण कार्य गरि रचनात्मक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
त्यस्तै कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानका उपाध्यक्ष राम बहादुर बिश्वकर्माले जबसम्म समाजको मानसिकता परिवर्तन हुदैन तबसम्म परिवर्तन सम्भब नरहेको बताउनुभयो।‘युग परिवर्तन भैसक्यो,२१ औं शताब्दी सम्म पनि दलितको अबस्था परिवर्तन हुन नसक्नु दुःखद पक्ष हो,उहाँले भन्नुभयो।’
अझैपनि छुवाछूतले समाजमा जरा गाडेको बताउँदै बिश्वकर्माले यसलाई चिर्न अब दलित पत्रकारसगैं अन्य पत्रकारहरुको पनि भुमिका महत्वपुर्ण रहने बताउनुभयो।
दलित पत्रकारहरुलाई आफ्नो पेसाप्रति जागरुप गराउन पत्रकार महासंघले विभिन्न समयमा-विभिन्न तालिम तथा कार्यक्रमहरु गर्दै उनिहरुको क्षमता बिकासमा लाग्न अभिभावकिय भुमिका खेल्नुपर्ने उहाँको भनाई छ।
त्यस्तै नेपाल पत्रकार महासघ प्युठान शाखाका सचिब बासुदेव गिरीले दलित पत्रकारहरुको समाजमा उपस्थिति प्रशंसा योग्य रहेको बताउनुभयो।
दलित पत्रकारहरुले आफ्नो जातियता भित्रको अधिकार सुनिश्चित गर्न लाग्नु पर्ने सुझाव दिनुभयो।
दलितको मुद्दालाई स्थापित गर्न पत्रकारको भुमिका महत्त्वपूर्ण रहने उहाँको भनाई छ।
त्यस्तै प्रगतिशील पत्रकार संघ प्युठानका अध्यक्ष प्रज्वल पहाडीले समाजमा दलित माथी हुने विविध घटनाका मुद्दाहरु कम आउने गरेको बताउदै दलित ससक्तिकरण सङ्गै दलितलाई सबिधानले दिएको हक अधिकार र छुट्याउदै आएको बजेटलाई सरकारले बन्चित गराउन नहुने पनि बताउनुभयो।उहाँले दलित भन्ने शब्दबाट बिचलित हुन नहुने समेत धारणा ब्यक्त गर्नुभयो।
शाखाका अध्यक्ष कमल बि.क ले ले छुवाछूत मुक्त राष्ट्र घोषणा हुँदै गर्दा समाज विभेद मुक्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।
समाजबाट दबिएका आवाज बाहिर ल्याउन पत्रकारहरु जागरुक भएर लाग्नुपर्ने अध्यक्ष बि.क को भनाई छ।
त्यस्तै राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष लोकेन्द्र सुनारले दलितले बदलिएको ब्यबस्था भित्र दलित समुदाय भित्र हुने नमुना घटनाहरु भने नबदलिएको तर्क गर्नुभयो।
दलित पत्रकार सघं प्युठानका उपाध्यक्ष बोम बहादुर परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सचिब रबिन बि क ले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्