बस्नेत परिवारद्धारा करिना र करनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सम्मान 

बस्नेत परिवारद्धारा करिना र करनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सम्मान 

राम बहादुर बिश्वकर्मा 
प्युठान,डाक्टर भगवान हुन्' धेरै पहिलादेखि सुन्दै आइरहेको शब्द हो यो। बच्चालाई पनि यही सिकाइन्छ। यो सुन्दा डाक्टरलाई उच्चतम सम्मान दिए जस्तो लाग्छ तर यदि भगवान भनी उच्च सम्मान दिँदा त्यो अपेक्षा पूरा हुन सकेन र बिरामीको मृत्यु भयो भने त्यो त लापरबाही हो भनेर अपेक्षाकै तुलनामा आक्रोस पैदा हुन्छ। 
बिगतदेखी नै जिल्ला अस्पताल प्युठानबाट सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ भन्ने चौतर्फी चर्चा रहेपनी पछिल्लो समय यहाँ बाट पाउने सेवा प्रती सेवाग्राहीले चिकित्सकलाई भगवानको संज्ञा दिन थालेका छन।गत असार २५ गते रातीको समयमा प्यूठान नगरपालिका वडा न. १ खैराका एकै परिबारका दिदी भाई करन बस्नेत र करिना वस्नेतलाई विषालु सर्प करेतले डस्दा जीवन मरणको दोसाधमा पुगेका बस्नेत दिदि भाईलाई निको भएको खुशियालिमा बस्नेत परिबारमा खुशी छाएको छ।सर्पले टोकेका  दिदीभाईको जिल्ला अस्प्ताल प्यूठानमा प्रारम्भिक उपचार पश्चात् चिकित्सकको टोलिले थप उपचारको लागि नेपालगंज भेरी अस्पतालका चिकित्सक कृष्ण प्रसाद आचार्य संग समन्वय गरी नेपालगञ्ज पठाएको थियो भने बिरामी बच्चाहरुलाई एम्बुलेन्समै उपचार गर्दै जिल्ला अस्पतालको स्वास्थ्यकर्मीको टोली दाङ्गको घोराही सम्म पुगेको थियो साथै त्यहाँबाट भेरी अस्पताल नेपालगञ्जको डा कृष्ण प्रसाद आचार्य सहितको स्वास्थ्यकमीटोलीले रिसिभ गरी भेरी अस्पतालमा लगेर थप उपचार गरिएको थियो । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै उपचारमा निरन्तर खटेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सोमबार एक कार्यक्रम बिच सम्मान गरिएको छ।
खप्तडि बस्नेत तथा कुल पुजा ब्यबस्थापन समितिले एकै परिबारका दिदी भाई करन बस्नेत र करिना वस्नेतलाई विषालु सर्प करेतले डस्दा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै उपचारमा निरन्तर  खटेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक कार्यक्रम बिच सम्मान गरिएको हो। अस्पतालका मे सु डा:प्रमिला खनाल,डाक्टर सुबोध बिडारी,डाक्टर रतन सुबेदी,इमर्जेन्सी प्रमुख माधव रावत,फिर्दोष महर्जन,एन्स्थिसिया सहायक अस्मिता के सि स्टाफ नर्स,हेल्थ असिस्टेन्ट सेर बहादुर नेपाली, गौतम थापा हेल्थ असिस्टेन्ट,प्रकाश गोराथोकी हेल्थ असिस्टेन्ट लगायत सम्मानित भएका हुन।
अस्पताल टिमको मेहनत र प्रयासले मृत्युको नजिक पुगेको दिदिभाई लाई बचाउँन सफल भएको अस्पताल बिकास समितिका अध्यक्ष बिजयबिराज बिष्टले बताउनुभयो। मृत्यु नजिक पुगेका दिदिभाईको उपचारमा खटिएका अस्पतालको सम्पुर्ण टिमलाई बिष्टले धन्यवाद दिनुभयो ।आगामी दिनमा बिरामीको उपचारमा अस्पतालले भ्याए अनुसार सबै सेवा दिन आग्रह गर्नुभयो।
सबै पक्षले साथ दिएकाले बालबालिकाले पुर्न जन्म पाएको हो अध्यक्ष बिष्टले भन्नुभयो,"अस्पतालका डाक्टरले उनिहरुको पुर्नजन्म दिलाउँन गरेको अथक मेहनत र प्रयास सह्रानिय छ।"
प्युठान अस्पतालको हलमा आयोजित उक्त सम्मान कार्यक्रमको अध्यक्षता खप्तडी बस्नेत कुल पुजा व्यवस्थापन समिति परिवारका अध्यक्ष चुमान सिंह बस्नेतको अध्यक्षता सचिव छन्द बहादुर बस्नेतको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन सदस्य भोज बहादुर बस्नेतले गरेका थियो।