पितृशोकमा तिलोत्तमा नगर कार्यपालिका सदस्य "शुरेन्द्र श्री"

बुटवल,तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य सुरेन्द्र श्री लाई पितृशोक परेको छ। सदस्यका बुवा गोप बहादुर सिर्पालीको २०७९ कात्तिक २३ गते अर्घाखाँचीको हम्सपुरमा  ७३ वर्षको उमेरमा निधन भएको हो । 

तस्बिर: स्वर्गीय गोप बहादुर सिर्पाली तिलोत्तमा नगरपालीका वडा नम्बर ७ भलबारी 

केही दिन अगाडि दाजुभाई अनि आफन्तजन सँग भेटघाटको लागि अर्घाखाँची जानुभएको पिताको गएराती   हृदयघातका कारण निधन भएको परिवारिक भनाई छ ।
स्वर्गीय सिर्पालीका तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य  सुरेन्द्र श्री सहित २ छोरी र ४ छोरा छन् । स्वर्गीय सिर्पालीको शवलाई बुटवल भलबारी ल्याई २०७९ कार्तिक २४ गते बिहान अन्त्येष्टि गरिने भएको छ ।