राम बहादुर बिश्वकर्मा
प्युठान,वर्तमान समयमा महिलाहरु विभिन्न सिप सिकेर आत्मनिर्भर बन्ने प्रयासमा छन्।
आफ्नो हातमा सिप नहुदा भने जस्तो आय आर्जन गर्न समेत नसकिने भन्दै महिलाहरु विभिन्न किसिमका सिप सिक्न लागि परेका छन।जसका लागी प्युठान नगरपालिकाले १० दिने ढाका तथा मखमलको तालिम दिएको छ।
प्युठान नगरपालिका वडा नम्बर ४ का ७ जना महिलाले ढाका तथा मखमलको चप्पल बनाउने तालिम पाएका छन।
तालिम सहभागी माया गुरुङले मुसुक्क हास्दैँ भनीन्,–‘राम्रो सिप सिकेर ब्यवसायि बन्ने धोको नगरपालिकाले पुरा गरिदिएको छ।
सिपलाई व्यवसायीकतामा बदल्ने र आर्थिक रुपमा सक्षम बन्ने गुरुङको सोच छ। उनले भनिन, “बजारमा ढाका तथा मखमलको चप्पलको माग बढ्दो छ जिल्लामा उद्यमी प्रयाप्त छैनन्।आफ्नो लगानीमा व्यवसायीक रुपमा ढाका तथा मखमलको चप्पल बनाउने ब्यबसाय गर्ने तयारी छ।”
नगरपालिकाले बेरोजगारलाई स्वरोजगार बनाउने अभियान अन्तर्गत सीपमूलक तालिम दिइएको नगर प्रबक्ता सुमन श्रेष्ठले बताए।“हामीले तालिम मात्रै दिँदैनौ व्यावसायिक बनाउने योजनासहित काम गरिरहेका छौं,” उनले भने।
श्रेष्ठले महिलालाई घरधन्दामा मात्र सिमित नगरी उद्यमशीलतामा जोड्न सिप मुलक कार्यक्रमले टेवा पुराउने विश्वास व्यक्त गरे बजारमा बढ्दो ढाका तथा मखमल चप्पलको मागलाई पुर्ति गर्न सके महिलाले मनग्य आम्दानी गर्न सक्ने समेत उनको भनाई छ।
मेड मोडेल मार्फत महिलालाई विभिन्न आयमुलक सिप सिकाएर स्वरोजगारीको ब्यवस्था गर्नका लागी यस्तो सिपमुलक तालिम दिइएको प्युठान नगरपालिकाका उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले बताईन ।उनले भनिन,पछिल्लो समय ढाका तथा मखमलको चप्पलको बजार माग बढी भएकाले महिलाहरुको लागि नगरपालिकाले यस्ता तालिम दिइएको हो।
बिश्वकर्माले थपिन,महिलाले सिप सिके श्रीमानको जागिरको आशा गर्नु पर्दैन। सिप सिकेर ब्यवसायिक बन्न सकेमा आफै मेहनत गरेर कमाउछन महिला ।बिश्वकर्माले भन्छिन,सिप सिकेको ब्यक्ति भने जुनसुकै ठाउँमा पनि अलपत्र परिदैन भन्ने मेरो भनाई छ।उनले महिलाले १० दिनको तालिमले विभिन्न डिजाइनका लेडिज चप्पल बनाउन सफल भएका छन।उनले भनिन,गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम(मेड्पा) अन्तरगत उनिहरुलाई ढाका तथा मखमलको चप्पल बनाउने पुनः ताजगी यस्तो तालिम दिइएको हो ।
वडाका ७ जना महिलाहरुको सहभागितामा भईरहेको तालिमको प्रशिक्षकमा निशा बिश्वकर्मा रहेकि थिइन । नगरपालिकामा महिलालाई लक्षीत गरेर आयोजना गरिएको सिप सिकाई तालिमबाट महिलाहरु आत्म निर्भर हुन सक्ने आयोजकको बिश्वास रहेको छ।


प्रतिक्रिया राख्नुहोस्