सुरक्षित गर्भपतनका लागि सुचिकृत स्वास्थ्य संस्थाका स्वास्थ्कर्मीलाई पुनताजगी तालिम 

सुरक्षित गर्भपतनका लागि सुचिकृत स्वास्थ्य संस्थाका स्वास्थ्कर्मीलाई पुनताजगी तालिम 

अनिल नेपाली 
अर्घाखाँची,जिल्लामा लामो समयदेखि काम गर्दै आएको आईपास नेपाल र  समाजसेबा तथा बाताबरण र सँस्कृति संरक्षण समुह अर्घाखाँचीको आयोजनामा जिल्लामा ‘सुरक्षित गर्भपतनका लागि सुचिकृत स्वास्थ्य संस्था सेबाप्रदायक स्वास्थ्यकर्मीहरु लाई दुई दिने पुनताजगी तालिम आज देखि सुरु गरिएको संस्थाकी कार्यकारी निर्देशक लक्ष्मी अधिकारीले बताइन् ।तालिमले सुरक्षित गर्भपन सम्वन्धी सचेतीकरण गराई तालिमले महिलाको प्रजनन् स्वास्थ्य अधिकार, परिवार नियोजनका साधन र सेवा, अनिच्छित गर्भ रहनुका कारण, असुरक्षित गर्भपतन र यसबाट हुनसक्ने खतरा, सुरक्षित गर्भपतन सेवा र यसका कानुनी व्यवस्था, सुरक्षित गर्भपतन सेवा प्राप्त गर्ने ठाउको बारेमा जानकारी गराई परिबार नियोजनका लागि सन्तुलित परामर्श विधिको बारेमा जानकारी गराउने बताइन् तालिममा लैङ्गिक हिसा सम्वन्धी तालिमको बारेमा समेत जानकारी गराउने कार्यक्रम अधिकृत आदर्श अधिकारीले बताए । २ दिन सम्म चल्ने तालिममा नसिङ्ग निरिक्षक तथा सहजकर्ता भगबती न्यौपाने र शर्मिला न्यौपानेले सहजीकरण गर्ने तालिममा सेबा प्रदायक सस्था जिल्ला अस्पतालका लगायतका  करिब २३ जनाको सहभागिता रहने बताइएको छ । तालिम सस्थाका कार्यकारी निर्देशक लक्ष्मी अधिकारी पौडेलको अध्यक्षता पुर्व अध्यक्ष बाबुराम पौडेलको सञ्चालन कार्यक्रम अधिकृत आदर्श अधिकारीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।