रेशम सुनार भन्छन,‘कहिले जातिय विभेदको महसुस भएन : "कसरी बनावटी कुरा आयो मलाई थाहा छैन"

रेशम सुनार भन्छन,‘कहिले जातिय विभेदको महसुस भएन : "कसरी बनावटी कुरा आयो मलाई थाहा छैन"

सीता बि.क

प्यूठान,झिमरुक गाउँपालिका प्यूठानका उपाध्यक्ष प्रमोद पोख्रेलले आफूलाई लक्षित गरि जतिय विभेद गरेको भन्दै दलित सञ्जाल झिमरुकले जारि गरेको बिज्ञप्ति प्रति ध्यानाकर्षण भएको बताएका छन्।
उपाध्यक्ष पोख्रेलले जातिय विभेद गरेको भन्दै झिमरुक स्थित दलित सञ्जालबाट गत कार्तिक २६ गते जारी बिज्ञप्तिको खण्डन गर्दै आज बिज्ञप्ती जारी गरेका हुन् ।
गाउँपालिकाले भाडामा प्रयोग गर्दै आएको झिमरुक गापा ६ का हेमराज भट्टराईको भे १ च ३९९३ नंम्बरको डवल क्याप बोलेरो जिपको निरन्तरता नहुने भएपछि चालक माथि जातिय विभेद गरी भाडामा नलिएको भन्दै राजनीतिक प्रतिशोदले यस्तो गलत हर्कत गरिएको उपाध्यक्ष पोख्रेलले बिज्ञप्तीमा भनेका छन् ।

 

विज्ञप्ति

 

 

मिति २०८१/०७/२६ गते दलित सञ्जाल झिमरुक, झिमरुक गा.पा., प्यूठानले 'जातिय विभेद प्रतिको गम्भिर ध्यानाकर्षणको विषयमा जारी गरेको प्रेस विज्ञप्ति प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ।झिमरुक गाउँपालिकाको कामको सिलसिलामा कार्यालयले भाडामा लिएको बलेरो पिक अप गाडि मैले प्रयोग गर्दा गाडि चालक रेशम सुनारलाई जातीय हिंसा गरेको र गाडि धनीसँग चालक परिवर्तन गर्नुपर्ने भन्ने कपोकल्पित आरोप प्रति घोर भत्सर्ना एवं दुःख व्यक्त गर्दछु।चालक रेसम सुनारलाइ आफुले कहिले पनि विभेद नगरेको र घरमा पनि भान्सामा संगै खाना खाने, खाएका भाडा समेत मेरा छोरा छोरी र श्रीमतीले माझ्‌ने, कोठामा बस्दा छोराहरुसँगै बस्ने गरेको र गाउँमा हिड्दा समेत आफुले त्यस्तो गतिविधि गरेको छैन । मेरो महत्वपूर्ण जिम्मेवारी कानुन कार्यान्वयन गर्नु पनि हो। म बाट यस्तो प्रकारको अभिव्यक्ति, कल्पना भित्रको विषय हुँदै होइन।गाउँपालिकाले मिति २०८१ साल वैशाख १६ गतेदेखि लागुहुने गरी भाडामा सञ्चालन गरेको पिक अप जिपको सम्झौताको मिति २०८१ असोज मसन्तामा म्याद सकिएको र गाडिको म्याद नवीकरणका सन्र्दभमा कार्यपालिकाको बैठक बसी आवश्यक निर्णय लिने विषयमा मेरो नाम जोडेर म्याद नथपेको भनी मलाइ राजनैतीक प्रतिशोध साधेर लगाएको आरोप प्रति खेद प्रकट गर्दछु।आरोप लगाउने सवारी धनी झिमरुक गाउँपालिका-६, नेटा निवासी हेमराज भट्टराईले मेरो सामाजिक,राजनैतिक,पारिवारीक,व्यक्तिगत हिसाबले चोटपुग्ने गरी लगाएका आरोप राजनैतिक पूर्वाग्रह राखेर लगाइएको हो र यस प्रकारको आक्षेपले मेरो मानहानी भएको महसुस गरेको छु। जातिय विभेद एक अपराध हो ।कसैको हो-हल्लाको पछि भन्दा समाज रुपान्तरणका लागि सबैले आ-आफ्‌नो ठाउँबाट पहल गरौं ।

धन्यवाद ।

 

उता दलित सञ्जालले जारी गरेको प्रेस बिज्ञप्तिको बिषयमा आफूलाई कुनै जानकारी नभएको र गाउँपालिकाले उक्त जिप प्रयोग गर्दा सम्म आफूलाई कुनै विभेद नभएको चालक रेसम सुनारले बताउछ्न।सँगसँगै काम गर्दा कहिले विभेदको अनुभव गर्न नपरेको उनले प्रतिक्रिया दिए।“धेरै पटक उहाँकै घरमैसङ्गै खाना खाएको छु,सुतेको छु।",चालक सुनारले भने,“कहिले बिभेदको महसुस नै भएन।"उनले भने,६/७ महिना संगै हिड्यौ केही भएन। एउटै परिवार जस्तो भएर हिड्यौँ।गाडी साहुले म दलित भएको कारण पालिकाले गाडी भाडामा नलिने भन्यो भन्नू भो रे।साहुले बनावटी कुरा गर्नु भो कि उपाध्यक्षले भनेर भन्नू भो,मलाई थाहा छैन।