प्यूठान,कोरोना संक्रमणका कारण प्यूठानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका ७ सोत्रेका ६४ बर्षिय पुरुषकोे कोभिड अस्पताल बुटवलमा मृत्यु भएको स्वास्थय कार्यालय प्यूठानका फोकल पर्सन पुश्कल श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनलाई गत साउन ३२ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनी उच्चरक्तचाप र मधुमेहका रोगी रहेका थिए । कोरोना संक्रमण पुष्टी भएपछि उनी नगरपालिकाको आइसोलेसनमा बसेका थिए । उनमा कोरोनाका लक्षण देखिएपछि उपचारका लागी कोभिड अस्पताल बुटवल पठाइएको थियो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्