सिता बि.क
प्युठान,आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमा समेटिनुपर्ने विषयहरुमा सुझाव संकलनका लागि सरुमारानी गाउँपालिकाले सरोकारवालाहरुको रचनात्मक सुझाव संकलन कार्यक्रम आज सम्पन्न गरेको छ।
अध्यक्ष झग बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य धन बहादुर रायमाझीकाे प्रमुख आतिथ्यता,उपाध्यक्ष बसन्ता खड्का,प्रमुख प्रशासकीय अधिकृत त्रिबिक्रम खड्का,राजनीतिक दलका प्रतिनिधिहरू,वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरू,विव्यस अध्यक्ष तथा प्र.अ.हरू,सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधी तथा पालिकाभित्रका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरुले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा उत्पादनमूखी कार्यक्रमलाई जोड दिनुपर्ने,आन्तरिक स्रोतलाई बढावा दिनुपर्ने,गाउँपालिकामा आउने गुनासो व्यवस्थापन गर्नुपर्ने,स्थानीय विज्ञहरुसँग परामर्श तथा सुझाव लिनुपर्ने,सीप बिकास तालिम पुर्ब अनिवार्य उद्यमशिलता बिकास तालिम सन्चालन गर्नुपर्ने,टुक्रे योजना नियन्त्रण गर्नुपर्ने सम्पन्न हुन बाकी योजना सम्पन्न हुनुपर्ने लगायतका सुझाव राखेका थिए।
त्यस्तै नीति तथा कार्यक्रम बनाउँदा स्थानीय उत्पादनको व्यवसायीकरण,उद्यमीकरण,कानुनी सचेतना तथा विभिन्न ससक्तिकरणका कार्यक्रम,एक घर एक लघु उद्यमी सृजना,एक वार्ड एक बृहत उधम बिकास कार्यक्रम,प्रत्येक बिधालय एक मनोबिमर्श र नर्सको ब्यबस्था,गर्वती तथा सुत्केरी महिलाहरुका लागि उच्चतम पोषणको ब्यबस्था हुनुपर्नेमाजोड दिएका छन्।आन्तरिक श्रोत समृद्धिको मुख्य आधार हुने बताउँदै आन्तरिक श्रोतलाई बढाउन ध्यान दिनु पर्नेमा सहभागिहरुको जोड थियो।
गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले आगामी बर्ष सबैको सुझाब समाबेश गरि जनताका आबस्यकता र प्राथमिकताका आधारमा निति कार्यक्रम र बजेट तयार गर्नका लागि सुझाब संकलन कार्यक्रम आयोजना गरिएको बताउनु भयो।
गाउँपालिकाबासीबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको बताउँदै अध्यक्ष बिश्वकर्माले प्राप्त सुझावलाई प्राथमिकताको आधारमा समावेश गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
गाउँपालिकाबासीको अपेक्षा धेरै तर पालिकाको स्रोतसाधन सीमित भएकोले सोच अनुसारको काम गर्न समस्या रहेको अध्यक्ष बिश्वकर्माको भनाई थियो। आगामी वर्षको नीति,कार्यक्रम तथा बजेटमा कृषि,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रलाई महत्व दिँदै दीर्घकालिन हितका योजना बनाउने उहाँले उल्लेख गर्नुभयो।आम नागरिकको भावनालाई समेटेर नै पालिकाले नीति तथा कार्यक्रम ल्याउने उहाँको भनाई थियो ।
गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले सहभागी बाट महत्वपूर्ण सुझाव आएको बताउँदै आगामी नीति तथा कार्यक्रममा पालिकाबासीबाट प्राप्त सुझावलाई नै आधार मानेर नीति तथा कार्यक्रम बनाउने बताउनुभयो।उहाँले पालिकाको आवश्यकतालाई मध्यनजर गर्दै संघ र प्रदेश सरकारसँगको सहकार्यमा बजेट निर्धारण गरिनेमा दिनुभयो।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि संविधान शभा सदस्य धन बहादुर रायमाझिले पूर्वाधार विकासमा मात्र नभई मानव विकासका बहुआयामिक पक्षलाई बजेटले समेट्नु पर्ने बताउनुभयो।
पालिकाका सम्पुर्ण वडा मध्ये दुर्गम वडालाई बिकास निर्माणमा उच्च प्राथमिकता दिनुपर्ने भन्दै पालिकालाई व्यावहारिक बजेट तयार गर्न र खर्च कटौतीमा निर्मम बन्न उहाँको सुझाव छ।
प्रमुख प्रशासकीय अधिकृत त्रिबिक्रम खड्काले कार्यक्रममा दिइएका सुझावहरु टिपोर्ट गरिएको र विषयगत समितिहरुसँग छलफल गरि यसलाई मूर्त रुप दिइने बताउनुभयो।
सरुमारानी गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष गाउँपालिका प्रवक्ता चिन्त सोमै मगरले सुझाव संकलनले आगामी बर्षको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो।,’स्थानीय सरकार जनताकाे सरकार भएकाेले जनताबाट माग भएकै याेजना नीति कार्यक्रम प्रथामिकतामा हुन्छन्।उहाँले भन्नुभयो।
बहुउद्देश्यीय सभाहल बड्डाडामा सम्पन्न उक्त कार्यक्रममा बजेटकाे प्राथामिकिकरणकाे आधार सम्बन्धि प्रशासन शाखा प्रमुख लक्ष्मण आचार्यले प्रष्ट पार्नु भएको थियो भने कार्यक्रमको संचालन साधना सिं ठकुरीले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्