राम बहादुर बिश्वकर्मा
प्युठान,जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा गौमुखि गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ७८ जोडिलाई सम्मान गरेको छ।
समाजमा हुने जातिय विभेदलाई अन्त्य गर्ने र गैह्र दलितहरु बिच सम्बन्ध स्थापित गर्ने उदेश्यले गाँपपालिकाले पहिलो पटक अन्तरजातिय विवाह गर्ने जोडिलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।
फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो।
दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभयो।
‘हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ।सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ’,उहाँले भन्नुभयो,‘हाम्रो पालिकामा फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बस्नुभएको छ।उहाँहरूलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहनस्वरुप सम्मान गरिएको हो।‘सरकार भनेको आम नागरिकको अभिभावक भएको कारणले गर्दा आफु अध्यक्ष भएकोले मैले गाँउ समाजमा रहेका यस प्रकारका विभेदको अन्त्य गरी समाजवाद उन्मुख सामाजको विकास गर्ने प्रति दृढ रहेको छु’।
गौमौखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले जातिय विभेदकै कारणले समाजमा रहेको दलित र गैरदलितबीचको खाडललाई मेटाउन हामीले अन्तरजातिय विवाह गर्ने जोडिलाई सम्मान गरेको बताउनुभयो । उहाँले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रुपमा चित्रण गर्नुभयो।
समाजमा विद्यमान धर्म,परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु आफैंमा एक अपमानजनक कार्य भएको पनि उपाध्यक्ष रानाको धारणा छ।
प्युठान जिल्लामा जातिय भेदभावको विरुद्धमा आवाज उठाउदै आएका युवा नेता प्रबिन बि.क ले गौमुखि गाँउपालिकाले अन्तरजातीय बिबाह गर्ने जोडिलाई सम्मान गर्नु सकारात्मक पक्ष रहेको बताउनुभयो।
उहाँले भन्नुभयो,‘अहिले प्राय अधिकांस अन्तरजातीय विवाह सफल नभैरहेको अवस्थामा सरकारले अभिभावत्व दिन खोज्नु धेरै राम्रो पक्ष हो। सामाजिक बिभेदका सवाल हामी सबैका साझा सवाल हुन । यी समस्याको निराकरण गर्नका लागि हामी सबैले आ आफ्नो क्षेत्रबाट जोडदार ढंगले समस्याको विरुद्धमा आवाज उठाउनु आजको आवस्यकता हो।’
"क्रस विवाह अर्थात् अन्तरजातीय विवाहलाई विज्ञानले स्वीकारेको छ तर समाजले अझै पनि स्वीकार्न नसकिरहेको अबस्थामा गौमुखी गाउँपालिकाले उहाँहरुलाई गरेको सम्मानले सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको गौमुखी गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक बोम बहादुर सुनारले बताउनुभयो।
समाज परिवर्तनको मुख्य हिस्सेदार अन्तरजातीय जोडि हुन उहाँले भन्नुभयो "-अझै पनि समाजमा अन्तरजातीय विवाहलाई समाजिक विकृति विसङ्गतिकै रूपमा लिने र सोही अनुसार विभेद गर्ने चलन कदापि ठिक होईन।"


प्रतिक्रिया राख्नुहोस्