प्युठान,प्युठानको ऐरावती गाउँपालिका–५, बालिबिसौनामा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
मंगलवार साँझ गोठिवाङ्ग खोलादेखी ढुंगा बोकेर मल्लरानी -३ चौरपानी तर्फ जाँदै गरेको रा. १ त. ४४४५ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ऐरावती–२, तेस्रापाटाका सहचालक २७ वर्षीय बिजय साप्कोटाको मृत्यु भएको प्रहरी निरीक्षक निरन्जन रिजालले बताए।
दुर्घटनामा सोही ठाउँका चालक २३ बर्षिय शान्त बहादुर रावत घाइते भएका छन् । घाइते चालकको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकदेखी २० मिटर तल खसेर ट्रयाक्टर दुर्घटना भएको हो।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्