बाल बिकास केन्द्रको सिकाई दिगो बनाउन क्षमता अभिबृद्धि तालिम

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका प्रबक्ता सुमन श्रेष्ठले प्रारम्भिक बाल विकास गुणस्तरिय भए मात्र माथिल्लो कक्षाको शैक्षिक स्तर मजबुत हुने बताउनुभएको छ ।
प्युठान नगरपालिका वडा नम्बर ३ बिजयनगर स्थित जिल्ला बाल संगठनको सभाहलमा आयोजित प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ताहरुका लागि क्षमता विकास तालिम को उदघाटन गर्दै श्रेष्ठले यस्तो बताउनुभएको हो । 

प्युठान नगरपालिकाका १० वडा अन्तर्गत रहेका ७५ वटा बाल बिकास केन्द्रमा अध्ययापन गराउने सहजकर्ताको लागि प्रारम्भिक बालबिकास सहजकर्ताका लागि एक हप्ते तालिमको अबसरमा अर्का बक्ता सामाजिक बिकास समिती संयोजक नरेन्द्र पुनले बाल विकास उमेर समूह शिक्षाको जग भएकोले यस उमेर समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि प्युठान नगरपालिका भित्रका सबै प्रारम्भिक बालबिकास केन्द्रका सहजकर्ता तालिम प्रदान गरिएको बताउनु भयो ।
नगरपालिका भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व, बालबालिकाहरुले सिक्ने सिकाउने बाताबरण सिर्जना गर्ने,बालबालिकाहरुको बिद्यालयसम्म पहुँच बढाउन अभिभावक,शिक्षक,सम्बन्धित सरोकारवालाहरुको जिम्मेवारी लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग पुग्ने उद्देश्यले तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।