एमालेको भातृ संगठन-अनेम संघ प्युठानको पुनःभगवती खड्काको नेतृत्वमा नयाँ कमिटी गठन

एमालेको भातृ संगठन-अनेम संघ प्युठानको पुनःभगवती खड्काको नेतृत्वमा नयाँ कमिटी गठन

सीता बि.क
प्युठान,नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल महिला संघ(अनेम संघ)प्युठानको छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ।
अखिल नेपाल महिला संघका केन्द्रीय सचिब बिना ज्ञवालीको प्रमुख आतिथ्यता र अनेम संघ जिल्ला कमिटी अध्यक्ष भगवती खड्काको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो।
सम्मेलनबाट आगामी कार्यकालका लागि पुनः भगवती खड्काको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी गठन गरिएको नेकपा एमाले जिल्ला कमिटी प्युठानले जनाएको छ।समितिको उपाध्यक्ष बसन्ता केसी(गौमुखी),नारायणी अधिकारी(माण्डबी),सचिब केशरा खत्री (माण्डवी),कोषाध्यक्ष लक्ष्मी केसी(नौबहिनी),उप-सचिब देबकादेबी भण्डारी (स्वर्गद्वारी) सहित २९ सदस्यीय कमिटी चयन गरिएको छ। बाकी सदस्य पछि मनोनीत गर्ने बताइएको छ।अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघका केन्द्रीय सचिब बिना ज्ञवालीले महिला आन्दोलनलाई यहाँसम्म ल्याउन संघर्ष गरेका अग्रजहरूको स्मरण गर्दै संविधानले निर्दिष्ट गरेका महिला अधिकार सुनिश्चित गर्न अझै संघर्ष गनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
नेकपा(एमाले) को प्रमुख पिलरको रुपमा अनेम संघले काम गर्दै आएको भन्दै सिङ्गो एमालेलाई थाम्ने पिलरको रुपमा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै उद्घाटन शत्रमा शुभकामना मन्तव्य दिदै नेकपा (एमाले)पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज नरुलाल चौधरीले एमालेले सबै प्रकारको बिभेद अन्त्य गर्दै समान सहभागितामा जोड दिएको बताउनुभयो।देशको जनसंख्याको आधा हिस्सा अ‍ेगटेका महिलाहरूको राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक विकास गरेर नेतृत्व तहमा नपुग्दासम्म देशको समग्र विकास हुन नसक्ने धारणा उहाँले व्यक्त गर्नुभयो।
नेतृत्व निर्माण,बैचारिक क्षमता बिकास,महिलाको पक्षमा वकालत,संस्थागत बिकासमा अखिल नेपाल महिला संघले गरेको कार्य महत्त्वपूर्ण भएको उहाँको भनाई छ।
यसैगरी,अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी प्युठानका अध्यक्ष बिजयबिराज बिष्टले नेपालका हरेक राजनीतिक आन्दोलनमा महिलाहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै महिलाहरूको भूमिकालाई नजरअन्दाज गरेर अगाडि बढ्न नसकिने बताउनुभयो। बिष्टले नेकपा एमालेको शाख राख्न र पार्टीलाई अगाडि बढाउन अनेमसंघको अहम् भूमिका रहेको चर्चा गर्नुभयो। नयाँ कार्यसमिति लाई बधाई तथा शुभकामना दिदै अध्यक्ष बिष्टले आफ्नो जिम्मेवारी प्रति सजग हुँदै टोल कमिटी गठन र सदस्यता नवीकरण तथा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।यस्तै,उहाँले जिल्लामा विद्यमान सबै प्रकारका हिंसा अन्त्य,ज्येष्ठ नागरिकको सम्मान गर्दै सभ्य समाज निर्माणमा अनेम संघले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो।सम्मेलनमा पुर्व अध्यक्ष शान्ता आचार्य र संस्थापक अध्यक्ष नारायणी ज्ञवालीले जिल्लामा अखिल नेपाल महिला संघ स्थापनाको अवस्था देखि अहिलेसम्म आईपुग्दा संगठन बलियो बनेको अनुभुती भएको बताउनुभयो।
शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन बिजुवारमा सप्पन्न भएको सम्मेलनमा संस्थापक अध्यक्ष नारायणी रेग्मी सहित पुर्व अध्यक्ष शान्ता आचार्य,गोमा रेग्मी,धना कार्की,कमला रिजाललाई सम्मान गरिएको थियो।