अनिल नेपाली
अर्घाखाँची,अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यवसायीक किसानलाई हाते ट्याक्टर र कुटानी पिसानी मेसिन वितरण गरेको छ ।कृषकको उत्पादन लागत घटाउन तथा कृषिलाई यान्त्रिकरण र प्रविधि युक्त बनाउन उक्त सामग्री वितरण गरिएको हो।व्यवसायिक कृषि पेशामा लागेका कृषकलाई अनुदानमा विभिन्न सामग्री दिएपछि कृषक खुशी भएका छन् ।गोरु पाल्ने कृषकको बाध्यता हटेको छ।
कृषकको मागका आधारमा वडाको सिफारिस तथा व्यवसायिक कृषकको अनुगमन गरेर व्यवसायिक कृषि पेशामा लागेका कृषकलाई आधुनिक तथा प्रविधिमैत्री बनाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र कम्वाइन मेसिन वितरण गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताएका छन्।कृषि पेशालाई आधुनिक र प्रविधियुक्त बनाएर थोरै लागतमा उत्पादन बढाउन तथा आम्दानी वृद्धि गर्न कृषकको मागका आधारमा सामग्री वितरण गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए।यान्त्रिक उपकरण किसानको खेतबारीमा नपुगेसम्म वैज्ञानिक ढंगले कृषिक्षेत्रको विकास सम्भव हुन नसक्ने बताउँदै आफ्नो पालिका भित्रका व्यवसायिक कृषकलाई कृषिक्षेत्रमा प्रयोग हुने उपकरण नगरपालिकाले उपलब्ध गराउने बताए।उतपादन बिना आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने भएकाले व्यवसायिक कृषि पेशामा लागेर स्वरोजगार बन्न कृषकलाई आग्रह गरे।
व्यवसायिक कृषिमा लागेका कृषकलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।कृषि पेशालाई प्रविधिमैत्री बनाउँदा कम समयमा उत्पादन बढी हुने र उत्पादन बढी भएपछि आम्दानी बढ्ने नगर उपप्रमुख मिश्रा आचार्यले बताइन् उनले एक हल गोरुले दिनभरमा जोत्ने खेतबारी हाते ट्याक्टरले एक घण्टामै सम्पन्न गर्ने बताइन्।आर्थिक वर्ष २०७९/८०को स्वीकृत कार्यक्रमअन्तरगत व्यवसायिक कृषकलाई ५० वटा कुटानी पिसानी मेसिन र ३३ वटा मिनिटिरलर वितरण गरिएको हो । ५० प्रतिशत अनुदानमा कृषकले २९ हजार ९ सय ५० रुपैयाँका हाते ट्याक्टर ,कुटानी पिसानी मिल र १९ हजार नौ सय रुपैयाँमा हाते ट्याक्टर प्राप्त गरेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए ।
प्रतिक्रिया राख्नुहोस्