मधुसुधन पोख्रेल
प्युठान,गत भाद्र २६ गते उनलाई एक्कासी पेट दुख्यो,घरपरिवार आत्तिदै प्यूठान अस्पताल ल्याए । विजुवार अस्पतालमा सामान्य उपचार गरिसके पछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरियो । बविता गुरुङलाई आन्द्रामा समस्या देखिए पछि उपचारका लागि भैरहवा त लगियो तर परिवारको आर्थिक अभावका कारण राम्रो संग उपचार हुन नसके पछि उनलाई झन समस्या भएको छ ।
१७ वर्ष कि किश्वरी वविता मृत्यू संग लडिरहेकी छन ।प्यूठान नगरपालिका ३ मटेङपोखरा निवासी राजेश गुरुङ र आमा संझना गुरुङ की एक मात्र छोरी बविता गुरुङ पैसाको अभावमा उपचार नपाएर मृत्यू संग लडिरहेकी हुन।मृत्यु संग लडिरहेकी छोरीको उपचार खर्च गर्ने पैसा नभए पछी परिवारमा झनै पीडा थपीदै गएको छ । भएको पैसा र जन तन रिनधन गरेर आज सम्म त उपचार ग¥योै उनकी आमा संझना गुरुङले आसु झार्दै भनिन “अहिले सम्म ६ लाख खर्च भयो तर अझै १० देखि १५ लाख सम्म लाग्ने डक्टरले भनेका छन”।छोरीको उपचारको रेख देखमा खटिएकी आमा संझनाको दैनिक आसु झारेर बस्ने गरिकी छन,उनेले झन भक्कानीदै भन्छीन “ गरिवको जुनी यस्तै रहेछ पैसा नभएकै कारण मर्नु पर्ने बाध्यता आयो बरु छोरीलाई यस्तो नभएर मलाई हुन पर्ने ”।
बविता ले महेन्द्र मावि खलंगा बाट एस इ इ पास गरेकि छिन । पढ्ने र साथिभाई संग रमाउने उमेरमा यस्तो रोग लागे पछी बविताको ल्याप पढ्ने सपना अधुरै रहेको उनि बताउछिन।अहिले सम्म पेटमा तिन वटा अप्रेसन गरिसकेको र निमोनिया पनि भएको उनकी आमा बताउछिन।भेन्टीलेसनमा उपचार भैरहेको छ उनले भनिन “ पैसा भए छोरीको उपचार हुने थियो उपचारका लागि सवैेलाई जतिसकिन्छ सहयोगको अपिल गर्दु छु । ”
उपचारका लागि सहयो जुटाउदै युवा समाजसेवी पाठक
बविता गुरुङ बचाउ अभियान भन्दै प्यूठान नगरपालिका ४ जुम्री निवासी युवासमाजसेवी हेमन्त पाठक लागि परेका छन । बविता गुरुङकी आमाले रुदै सहयोग गरिदिन पर्यो भने पछि सहयोगका लागि पाठक निरन्तर सहयोग अभियानमा लागेका बताउछन । बविता गुरुङ बचाउनका लागि म लागि परेको छु पाठकले भने “उनका आफन्त,नातागोता, सहयोगि मन समाजसेवी बुद्धिजिवीलाई आग्रह गरेको छु सवैको सकारात्मक भावना जागेको छ ” । बविता बचाउ अभियानमा हाल सम्म ७ हजार ५ सय रकम उठेको र कसैले सहयोग गर्ने प्रतिवद्धता जनाएको पाठकको भनाई छ ।
बविता बचाउ अभियानमा सहयोग गर्न चाहाने मनकारीहरुका लागि संवन्धीत बविता गुरुङकी आमा ९८६६९९०२९९ र स्वयम हेमन्त पाटक ९८६६८३३३३८ मा सम्पर्क गरि सहगोग गरिदिन आग्रह पाठकले गरेका छन ।
प्रतिक्रिया राख्नुहोस्