स-साना बालबालिकालाई सास्ती :जिम्मेवार विद्यालय कि स्थानीय सरकार ?

स-साना बालबालिकालाई सास्ती :जिम्मेवार विद्यालय कि स्थानीय सरकार ?

राम बहादुर बिश्वकर्मा
प्युठान,अभिरल बर्षातले प्युठान नगरपालिका ९ र १० स्थित चुदरी खोलाको पुल जीर्ण हुँदा दैनिक ओहोरदोहोर गर्ने स्थानीय र बालबालिकालाई सास्ती हुने गरेको छ। 
स्थानीय बाल बिध्या मा.बी मा पढ्ने बालबालिकाहरु दिनहुँ जोखिम मोलेर जिर्ण पुल बाटै आउजाउ गर्न बाध्यय छन।बल्दे, छेपाने,भुसबाङ्ग,टाकुरा,स्यालपाखा,खड्काटोलाकाबालबालीका र स्थानीयहरु मजुवा-खरिबोट आउजाउ गर्ने बाटो यही पुल भएर हो तर,अहिले अत्यधिक बर्षातका कारण जिर्ण भएको छ।

तस्बिर : आफुले अध्यापन गराउने बालबालिकालाई सहयोग गर्दै बाल बिध्या मा.बि का शिक्षिका लिला खड्का

 

बिध्यालय आउजाउ गर्दा कुन आउँछ र सहयोग लिउला भनेर बालबालिकाले ठुला ब्यक्तिलाई कुर्नुपर्ने बाध्यता छ। स्थानिय तथा बाल बिध्या माबिका शिक्षिका लिला खड्काले खोलाको पुल जिर्ण हुँदा दिनहुँ स्कुल आउजाउ गर्ने बालबालिकाले समस्या भोग्नु परेको वताउनुभयो । जीर्ण पुलबाट आवतजावत गर्दा दुर्घटनाको भय निम्तिएको छ ।पुलको एकातर्फ खोलाले बगाएको छ। सोही पुल तरेर पैदलयात्रा गर्ने स्थानीयहरु त्रासका बिच पार गर्छन् । पहिले केटाकेटि आफै बिध्यालय जान सक्थे अहिले अभिभावकले बिध्यालय लिएर छाड्नुहुन्छ खड्काले भन्नुभयो,‘आफै पनि घर जाने क्रममा बालबालिका सङ्गै जाने गरेको छु। “पुलमा हिड्न सकिने अबस्था छैन,निकै जोखिम छ।”खोलो बगिरहेको हुन्छ,कती बेला दुर्घटना हुन्छ थाहा हुदैन डर लाग्छ‘बालबालिकालाई बोकेर  निकाल्छौ’ उहाले भन्नुभयो।
अभिरल वर्षातको कारण पुल जीर्ण भएकाले आवतजावत गर्न समस्या भएको स्थानीय बुद्धिजिबि टेकुलाल गिरीले बताउनुभयो। उहाले भन्नुभयो, स्थानीय निकायको छिटो भन्दा छिटो ध्यान पुग्न आबश्यक छ।
खोलामा ब्यबस्थित पुल नहुँदा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको बिद्यालयका प्रध्यानाध्यापक प्र अ केशु गिरीले वताउनुभयो। अहिले बिध्यालयमा जम्मा ५ सय ५० जना बालबालिका रहेका छ्न।

तस्बिर: बिध्यालय आउँदा जादा बिध्यार्थी र शिक्षक  संगै नभए आउन जान नै समस्या