सीता बि.क
प्युठान,देशमा व्याप्त गरीबी तथा बेरोजगारी समस्या समाधानका लागि उद्यम बिकास सहजकर्ताको महत्व रहने सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले बताउनुभएको छ।
सफल जिन्दगी जीउनका लागी कुनै पनि व्यक्ति उद्यमशिल बन्नु पर्ने र पैसा कमाउन र सफल जिन्दगी बनाउनका लागी जागिर नै खानुपर्छ भन्ने मान्यता गलत रहेको भन्दै उद्यमशिलता शिक्षाले मानिसलाइ सफल बनाउने अर्घाखाँचीमा आयोजित उद्यमशिलता सम्बन्धि प्रशिक्षण प्रशिक्षक तालिमको समापन समारोहमा यस्तो बताउनुभएको हो।झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल कलेज अर्घाखाँचीमा उद्यम बिकास सहजकर्ता (इडिएफ) मा अध्ययनरत गरिरहेका विद्यार्थीहरुलाई आफ्नो व्यवसाय शुरु तथा सुधार सम्बन्धि १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको आयोजकले जनाएको छ।
मास्टर ट्रेनर अर्जुन प्रसाद श्रेष्ठले कार्यक्रममा बोल्दै अहिलेको अवस्थामा ज्ञानसंगै सीपको आवश्यकता भएको हुँदा यो तालिमले नयाँ, राम्रो र सफल व्यवसायी तथा उद्यम बिकास सहजकर्ता बन्न उत्प्रेरित गर्ने बताउनुभयो। हामीले कुनै पनि व्यवसाय शुरु गर्दा अरुले गरेको जस्तै व्यवसाय गर्ने संस्कारको रुपमा विकास भएको पनि उहाले बताउनुभयो । अबको दिनमा अरुको जस्तै नभएर फरक–फरक विषयका ब्यबसाय सञ्चालन गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।
SIYB कार्यक्रम व्यवसाय गर्न इच्छुकहरुलाई व्यवासयको शुरुवात कसरी गर्ने,व्यवसाय छनौट कसरी गर्ने,बजारलाई कसरी हेर्ने,व्यवस्थापन कसरी हेर्ने, व्यवासय योजना कसरी निर्माण गर्ने र व्यवसायको उपलब्धिको पूर्व आँकलन गर्न सक्ने सक्षमता विकास गर्ने लगायतका बिषयमा प्रशिक्षण गरिएको मास्टर ट्रेनर भट्टराईले बताउनुभयो ।
आयोजक सस्थाका कार्यकारी निर्देशक राम बहादुर बिश्वकर्माले कुनै पनि व्यवसाय सञ्चालन गर्नका लागि पहिले उद्यमशिल तालिम आवश्यक पर्ने भएकाले उद्यम बिकास सहजकर्ता अध्ययनरत बिध्यार्थिलाई उक्त तालिम अपरिहार्य रहने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘कुनै पनि व्यक्ति फुर्सदमा बसेर कहिलै पनि प्रगती हुँदैन,आफ्नै गाउँ ठाउँमा सम्भावनाहरुको खोजि गरेर हाम्रै वरिपरि रहेका श्रोत साधनलाई उपयोग गरेर उद्यम संचालन गर्न सकियो भने पक्कै पनि सफल बन्न सकिन्छ।’
कलेजका कार्यकारी निर्देशक राम बहादुर बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट बोल्दै मिना बि.क ले उद्यमशिलता सम्बन्धि प्रशिक्षण प्रशिक्षक तालिमले आफुलाई सफल प्रशिक्षक बन्न सहयोग मिलेको बताउनुभयो ।
उक्त तालीम लिएपछी आफुमा अतिरिक्त क्षमताको बिकास भएको दाबी गर्दै उद्यमि सृजना गर्न कुनै समस्या नपर्ने उहाँको भनाई छ।
कार्यक्रममा कलेजका सल्लाहकार प्रकाश भुसाल,कलेजका प्रशिक्षक श्रीधर भुसाल लगायतको उपस्थिती रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्