राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा सरकारी सवारी साधनको चरम दुरुपयोग हुने गरेको पाइएको छ।प्युठान नगरपालिका वडा नम्बर ७ पुण्यखोलामा रहेको कर्भडहलमा सरकारी कर्मचारीले बिहानी समय दैनिकजसो सरकारी सवारीसाधन लिएर ब्याडमिन्टन खेल्न आउने गरेको पाइए पश्चात् नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्युठानले इलाका प्रहरी कार्यालय बिजुवार मार्फत नियन्त्रणमा लिएको छ।
३ वटा सेतो नम्बर प्लेटको सरकारी मोटरसाइकल कर्भडहलमा पटक पटक आउने गरेको पाइए पछि सेतो नम्बर प्लेटमा रहेको लु १ ब २५६७,लु १ ब २५६८ र लु १ ब २०४९ नम्बरको मोटरसाइकल उक्त स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
“बिहान ५ नबज्दै ब्याडमिन्टन खेल्न सरकारी सवारी लिएर आउने गर्छन्।बाहिर खुलम खुल्ला पार्किङ गर्ने गर्छन्।करिब एक दुइ घन्टा खेलेर सोही सवारी साधनमा फर्किने गर्छन्।राज्यको स्राेत साधनको चरम दोहन हुदाँ दुख लाग्छ।तर,के गर्नु हाम्रो कुरा कसले सुन्छ र ? नाम नखुलाउने सर्तमा स्थानीय प्रत्यक्षदर्शीले भने।
पछिल्लो समयमा जिल्लामा सरकारी कर्मचारीले कार्यालय समय बाहिर भट्टिपसल तथा ब्यक्तिगत प्रयोजनमा दैनिक जसो सरकारी सवारी साधन चरम दुरुपयोग गरिएको पाइएपछि पार्टिको निर्णय अनुसार यस्ता सवारी साधन नियन्त्रण गरि प्रहरी कार्यालयमा बुझाईने मिसन स्वरुप अगाडी बढेको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटी सदस्य यान्क पुनले भने।साथै उनले यस्तो कुरालाइ रोक्न प्रशासन गम्भीर भएर लाग्नुपर्ने बताए।
जिल्ला प्रशासनले भने यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले राज्यको सम्पति दुरुपयोग गर्न खोज्ने जो कोहिलाइ कारबाही गर्ने जानकारी दिए।” गाडी प्रहरी नियन्त्रणमा छ सोधपुछ गरेर यदी गलत भएको प्रमाणित भएमा आबश्यक कारबाही प्रकिया अघि बढाउनेछौ।”प्रमुख जिल्ला अधिकारी कोइरालाले भने ।
प्रतिक्रिया राख्नुहोस्